क्यान्सरः महिला स्वास्थ्यको प्रमुख समस्या



नेपाली महिलाहरुमा पाठेघरको मुखको क्यान्सर जटिल समस्याको रूपमा देखा परेको छ । महिलामा देखिएको क्यान्सरमा सबैभन्दा बढी यसैको समस्या भएको पाइन्छ ।

उमेर नपुग्दै विवाह भएका, सानैमा यौनसम्पर्क राखेका, धेरै पुरुषसँग शारीरिक सम्बन्ध राख्ने र धेरै सन्तान जन्माउने महिलामा यस्तो क्यान्सर हुने गरेको पाइएको छ ।

त्यस्तै, खानपिनमा ध्यान नदिने, अत्यधिक परिवार नियोजनका साधन प्रयोग गर्ने, पिल्स खाने महिलालाईपनि पाठेघरको मुखको क्यान्सर लाग्ने सम्भावना हुन्छ । पाठेघरको क्यान्सर भए, नभएको कुरा प्याप स्मेरबाट पत्ता लगाउन सकिन्छ ।

पाठेघर झर्ने
प्रायः महिलामा देखा पर्ने प्रमुख स्वास्थ्य समस्यामध्ये एक हो, पाठेघर झर्ने । विशेषगरी, ग्रामीण क्षेत्रका महिलामा यस्तो समस्या बढी मात्रामा देखिने गर्छ । सन्तान जन्माएका, उमेर नपुगी गर्भवती भएका, सुत्केरी भएको ६ हप्ताभन्दा अगाडि नै जटिल शारीरिक काम गर्दा, गर्भवतीको अवस्थामा पौष्टिक आहार नलिँदा यस्तो समस्याले सताउने गर्छ ।

पाठेघरमा ट्युमर

महिलामा देखिने अर्को जटिल समस्या भनेको पाठेघरमा ट्युमर पनि हो । शरीरमा हर्मोनको मात्रा बढी भएमा यस्तो ट्युमरको समस्या हुने गर्छ । यो एउटा आनुवंशिक समस्यापनि हो । परिवार नियोजनको साधनका रूपमा डिपो सुई लिने महिलामा पनि यस्तो समस्या देखिन सक्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्