चट्याङ लागेर तीन जनाको ज्यान गयो



सैघाली खबर,
मकवानपुर, २४ वैशाख ।– आइतबार राति चट्याङ लागेर तीन जनाको ज्यान गएको छ ।

चट्याङबाट मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ का ६० वर्षीय कृष्णबहादुर बलामी, मनहरी गाउँपालिका २ ठाडोखोला झुल्यानका २८ वर्षीय भीमलाल सिन्तान र उनकी ३ वर्षीया छोरी बिमलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता दिलिपकुमार झाले बताउनुभयो ।

उनीहरु तीन जनालाई चट्याङ लागेर हेटौंडा अस्पतालमा ल्याएपछि डाक्टरले मृत घोषणा गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्