रुखले च्यापिएर दुई महिलाको मृत्यु



सैघाली खबर,
चितवन, २४ वैशाख । हावाहुरीका कारण जिल्लामा दुई महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका– १ की ४० वर्षीया सितौली श्रेष्ठ र ईच्छाकामना गाउँपालिका– ७ का ४१ वर्षीय कणबहादुर गुरुङ रहेका छन् ।

श्रेष्ठको घर नजिकैको सतन्चुली सामुदायीक वन र गुरुङको घरनजिकैको वनमा हावाहुरीका कारण ढलेको रुखले थिचिएर मृत्यु भएको प्रहरीले जनाएको छ । रुखको हाँगाले लागेर शिव गुरुङ र शिव थापामगर घाइते भएका छन् । उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्