मासिक ३ लाखको गाैं मुत्र बिक्री



सैघाली खबर,
रुकुम९पश्चिम०को मुसीकोटमा रहेको एक गाई फर्मले मासिक तीन लाखको गौ अर्ग बिक्रि गरिरहेको छ । मुसीकोट नगरपालिका ६ पोखरामा रहेको वैश्नवि गाई फर्मबाट मासिक तीन लाख बराबरको गाईको गहुँत प्रशोधन गरेर बनाइने गौं अर्ग बिक्रि भइरहेको हो ।

मुसीकोट नगरपालिका पाँचका सुर्दशन मल्ल र धनवहादुर मल्लले २०६९ साल देखि गाई फर्म संचालनमा ल्याई गौ अर्ग उत्पादन गरिरहेका छन् । १२ गाईबाट सुरु भएको फर्ममा अहिले ३२ गाई रहेको संचालक सुदर्शन मल्लले बताए ।सुरु सुरुमा मासिक डेढ लाखको हाराहारीमा गौ अर्ग बिक्रि हुने गरेकामा हाल मासिक तीन लाखको गौ अर्ग बिक्रि हुने गरेको उनको भनाई । मल्लका अनुसार गाई फर्ममा १० लाख लगानि गरिएको छ । जिल्लामा उत्पादन भएको गौ अर्ग रुकुम९पश्चिम०, ९पूर्व० सहित छिमिकि जिल्लाहरु सल्यान, जाजरकोट, रोल्पा, दाङ, सुर्खेत र काठमाडौं, भक्तपुर, ललितपुर लगाएतका जिल्लामा पुग्ने गरेको छ ।

एक लिटरको मुल्य एक हजार

हप्ता हप्तामा गौ अर्ग जिल्ला बाहिर पठाउँने गरिएको छ । हप्तामा एक सय लिटर गौ अर्ग जिल्ला बाहिर जाने गरेको छ । त्यस्तै जिल्लामै दिनमा सरदर २० लिटर गौ अर्ग बिक्रि हुने गरेको छ । गौ अर्ग प्रतिलिटर एक हजारका दरले बिक्रि हुने गरेको छ । विभिन्न जडिबुटिको प्रयोग गर्नुपर्ने भएको, उत्पादन झनझटिलो भएको र स्वास्थ्यका लागि निकै फाईदाजनक भएकाले यसको मुल्य महँगो भएको मल्लले बताए ।

नाम एक काम अनेक

गौ अर्ग विभिन्न स्वास्थ्य समस्या हल गर्न फाईदा जनक रहेको संचालक मध्येका धनबहादुर मल्लले बताए । गौ अर्गको सेवनबाट क्यान्सर, ब्रेन ट्युमर, युरिक एसिड, ग्याष्ट्रिक लगाएतका ६८ प्रकारका रोग निको पार्न मद्त पुग्ने स्वास्थ्य बिज्ञानले पुष्टि गरेको उनले दावी गरे । गौ अर्ग बनाउँन गाईको गहुँत सहित पाँचऔले, जटामसि, मजरी लगाएतका जडिबुटिको प्रयोग हुन्छ ।

माग धान्न समस्या

गौ अर्गको बजारमा कुनै समस्या नरहेको गाई फर्म संचालकहरुको भनाई छ । बजारमा माग भए अनुसार उत्पादन गर्न नसकिएको सुदर्शनले बताए । ‘यसको माग दैनिक बढ्दो छ, उनले भने–बजारको माग अनुसार गौ अर्ग उत्पादन गर्न सकिएको छैन् ।’

धेरै रोगका लागि फाईदाजनक हुने भएकाले यसको माग अत्यधिक रहेको उनले बताए । आवश्यक जडिबुटि र जनशक्ति नहुँदा माग अनुसारको गौ अर्ग उत्पादन गर्न नसकिएको उनको भनाई छ ।

अमेरिकासम्म पुग्थ्यो गौं अर्ग

जिल्लामा उत्पादन भएको गौ अर्ग अमेरिकामा समेत निर्यात गरिन्थ्यो । तर माग अनुसार पु¥याउँन नसकिएपछि त्यहाँ हाल निर्यात बन्द भएको बताईएको छ । ‘अमेरिकामा प्रतिलिटर २ हजार डलरका दरले २० लिटर गौ अर्ग पठायौं, सुदर्शनले भने–त्यहाँको माग धान्न सकेनौं र हाल अमेरिका निर्यात रोकिएको छ ।’ त्यहाँ पठाउँने प्रक्रिया झन्झटिलो समेत भएको उनले बताए ।

तीन हजार मिटरको उचाई आवश्यक

करिब पाँच वर्ष चितवनको देवघाटमा गौ अर्ग उत्पादनको काम गरेका सुदर्शनले सुरुमा जिल्लाको बाँफिकोट गाउँपालिकाको झारमारे लेकबाट गौ अर्ग उत्पादनको काम सुरु गरेका थिए ।

गौं अर्ग उत्पादनका लागि समुन्द्र सहतहबाट तीन हजार मिटर उचाईको ठाउँ आवश्यक पर्ने भएकाले यो ठाउँलाई छनौट गरिएको उनको भनाई छ । यहाँ उत्पादन भएको गौ अर्ग गुणस्तरीय रहेको समेत उनले दाबी गरे । ल्याब टेष्ट गरेर गुणस्तर मापन गरेर मात्र गौ अर्ग बजारमा पठाउँने गरिएको छ ।nayapatrika

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्