हिंसा न्यूनीकरण गर्न सांस्कृतिक अभियान



एलबी थापा
प्यूठान, २४ वैशाख – ।हिंसा न्यूनीकरणका लागि जिल्लामा प्रहरीले साँस्कृतिक अभियान थालेको छ । प्यूठानलाई सभ्य, सुरक्षित र नेतृत्वसहितको समाज निर्माणका लागि प्रहरीले गाउँ–गाउँमा सांस्कृतिक अभियान थालेको हो ।

सडक नाटकमार्फत जनचेतनामुलक कार्यक्रम र अभियान थाल्दै आएको प्रहरीले यो पटक सांस्कृतिक कार्यक्रम गर्न थालेको हो । नागरिकहरुलाई मनोरञ्जनमार्फत सचेतना गराउने उद्धेश्यले यस्तो अभियान थालिएको प्यूठान प्रहरी प्रमुख राजेन्द्र पोख्रेलले बताउनुभयो । धेरै जनचेता मुलक कार्यक्रम भइसक्दा पनि हिंसाका घटनाहरु कम नभएको हुँदा अहिले सांस्कृतिक अभियान थालिएको उहाँले बताउनुभयो ।उहाँका अनुसार जिल्लामा बालविवाह, बहुविवाह, लैगिंक हिंसा, घरेलु मदिराको निरुत्साहितलगायत न्यूनीकरण गर्नको लागि घुम्ती सांस्कृतिक कार्यक्रम गरिएको हो । ग्रामीण क्षेत्रमा दिन प्रतिदिन वढ्दै गइरहेका विभिन्न प्रकृतिका हिंसाजन्य घटनाहरुलाई न्यूनिकरणमा साँस्कृतिक कार्यक्रम प्रभावकारी बन्ने प्रहरीको भनाइ छ ।

जनचेतना मुलक घुम्ती सांस्कृतिक कार्यक्रममा लागु औषध, मदिरा नियन्त्रण, गुन्डागर्दीलगायतका विषयहरुको नकरात्मक पक्षलले पार्ने असरका विषय कार्यक्रमले समेटेको छ ।

कार्यक्रममार्फत शान्ति सुरक्षाको वातावरण बनाउन नागरिक सहकार्य सृजना गर्न र प्रहरी प्रशासनले अख्तियार गरेको रणनीति बारेमा जानकारी गराउने कार्य भइरहेको छ । त्यस्तै, शान्ति सुरक्षा र अपराध न्यूनिकरणको लागि जन सहभागिता बढाउन कार्यक्रमको मुख्य भूमिका रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्