शरीरमा रोग लाग्न नदिने सजिला उपाय यस्ता छन्



सैघाली खबर,
शरीरमा हरेक दिन भाइरस तथा व्याक्टेरियाको संक्रमण हुने गर्छ । शरीरमा रोग प्रतिरोधात्मक क्षमताको कमी भएमा यस्ता संक्रमण हुने गर्छ । शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हुन नदिन यी उपायहरू अपनाउन सकिन्छ ।

पानी

 

 

पानी आफैंमा प्राकृतिक औषधी हो । पर्याप्त मात्रामा पानीको सेवनले शरीरमा जमेको विषाक्त पदार्थलाई बाहिर निकाल्न सकिन्छ । जसका कारण रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने गर्छ । तर पानी खाँदा सकेसम्म सादा पानी वा उमालेको पानी खानुपर्छ । फ्रिजमा राखेको पानीले शरीरमा हानि पुर्‍याउनसक्छ ।

फलफूल

मौसम, सुन्तला आदि रसिलो फलफूलमा भिटामिन सीका साथै भरपूर मात्रामा खनिज तत्व पाइन्छ । यसले शरीरको प्रतिरोधात्मक क्षमता बढाउन समेत महत्वपूर्ण भूमिका खेल्दछ । फलफूल सीधै, काटेर वा त्यसको जुस बनाएर पनि सेवन गर्न सकिन्छ । यस्ता फलफूल नुन वा चिनी नराखिकनै सेवन गर्नु उपयुक्त हुन्छ ।

टुसा उमारेको खानेकुरा

टुसा उमारिएको मुँगी, दाल, चना, केराउ आदि गेडागुडीमा भरपूर मात्रामा पोषण तत्व पाइन्छ । यसलाई पचाउन समेत सजिलो हुने तथा शरीरका लागि पोषण प्रदान गर्ने हुँदा यस्ता खानेकुरालाई धेरै भन्दा धेरै खानु उपयुक्त हुन्छ ।

सलाद

खानामा सलादको सेवन जति धेरै गर्‍यो, स्वास्थ्यका लागि त्यति नै राम्रो मानिन्छ । सलादले खानालाई पचाउन मद्दत गर्छ । काँक्रो, टमाटर, मुला, गाजर, प्याज, चुकन्दर आदि सलादका रूपमा सेवन गरिने खाद्य पदार्थ हुन् । यिनमा नुनको मात्रा पर्याप्त हुने भएकाले थप नुनको आवश्यकता पर्दैन ।

चोकरयुक्त अन्न

गहु, मकै लगायतका अन्नमा प्रशस्त मात्रामा चोकर पाइन्छ । चोकरसहितको अन्न सेवन गर्नाले कब्जियतको समस्या हुँदैन र रोग प्रतिरोधी क्षमता पनि बलियो हुन्छ ।

तुलसी

बहुगुणयुक्त तुलसी आफैंमा एउटा औषधी हो । तुलसीमा एन्टीबायोटिक तत्व हुन्छ, त्यसैले यसको सेवन गर्दा दुखाइ कम हुनुका साथै रोग प्रतिरोधात्मक क्षमता समेत वृद्धि हुन्छ । दिनमा ३ देखि ५ वटा पत्ता तुलसीको सेवन गर्दा शरीरमा रोगको संक्रमण हुने सम्भावना न्यून हुन्छ ।

योग

योग वा प्राणायामले शरीरलाई स्वस्थ तथा रोगमुक्त राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ । त्यसैले दिनमा कम्तीमा पनि आधा घण्टा योग तथा प्राणायाम गर्नु स्वास्थ्यका लागि राम्रो मानिन्छ ।

खुसी रहने

स्वस्थ शरीरका लागि हाँस्नु जरुरी छ । हाँस्नाले शरीरमा रक्तप्रवाह सुचारु रूपले हुने गर्छ । त्यस्तै, शरीरमा अक्सिजनको पूर्ति राम्ररी हुन्छ । साथै यसले रिस कम गर्नुका साथै तनावलाई समेत कम गर्दछ । त्यति मात्र नभई यसले रोग प्रतिरोधात्मक क्षमता समेत बढाउने हुँदा दिनमा धेरैभन्दा धेरै हाँस्नु स्वास्थ्यका लागि लाभदायक मानिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्