दुई दिनदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध



सैघाली खबर,
बैशाख २४ । शनिबार परेको वर्षाका कारण बझाङको एक मात्र जयपृथ्वीराजमार्ग अवरुद्ध भएको छ ।
जिल्लाको झोता बजारदेखि भाँडे बजारको बीचमा ठाँउ–ठाँउमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहीरोका कारण राजमार्ग अवरुद्ध भएपछि धनगढी, महेन्द्रनगर, डडेल्धुरा र काठमाडौंबाट सदरमुकाम चैनपुरतर्फ आएका बसहरु सबै झोता बजारमा छन् भने सदुरमुकाम चैनपुरबाट धनगढी कैलाली, महेन्द्रनगर, काठमाडौं, डडेल्धुराका सबै सवारी साधनहरु भाँडे बजारमा रोकिएका छन् ।
सडक खेलाउने काम भैरहेको छ । सडक अबरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन् । प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलका अनुसार ठाँउ ठाँउमा ठूला–ठूला पहिरा गएका कारण सडक खुलाउन केही समय लाग्ने छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्