मुख्य समाचार

दुई दिनदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध

By थाहा अनलाइन

May 07, 2018

सैघाली खबर, बैशाख २४ । शनिबार परेको वर्षाका कारण बझाङको एक मात्र जयपृथ्वीराजमार्ग अवरुद्ध भएको छ । जिल्लाको झोता बजारदेखि भाँडे बजारको बीचमा ठाँउ–ठाँउमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहीरोका कारण राजमार्ग अवरुद्ध भएपछि धनगढी, महेन्द्रनगर, डडेल्धुरा र काठमाडौंबाट सदरमुकाम चैनपुरतर्फ आएका बसहरु सबै झोता बजारमा छन् भने सदुरमुकाम चैनपुरबाट धनगढी कैलाली, महेन्द्रनगर, काठमाडौं, डडेल्धुराका सबै सवारी साधनहरु भाँडे बजारमा रोकिएका छन् । सडक खेलाउने काम भैरहेको छ । सडक अबरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन् । प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलका अनुसार ठाँउ ठाँउमा ठूला–ठूला पहिरा गएका कारण सडक खुलाउन केही समय लाग्ने छ ।