पटके कार्वाहीमा चल्दै अबैध उत्खनन



गिरिराज नेपाली
दाङ , २४ वैशाख । रा १ त ३६४० नम्वरको टेक्टरलाई अबैध उत्खननकै क्रममा ईलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरी गत साउन २४ गते जिल्ला समन्वय समिति दाङको कार्यालयमा कार्वाहीका लागि पठायो । जिल्ला समन्वय समितिले पाँच हजारको जरिवाना सहित उप्रान्त त्यस्तो नगर्ने सहमतिका विच उक्त टेक्टर छोडियो । छोडिएको करिव दुई हप्तापछि भदौ ९ गते पुनः उही स्थानमा उही टेक्टरलाई प्रहरी फेला पा¥यो र कार्वाहीका लागि जिल्ला समन्वय समितिमा पुनः पठायो । जिल्ला समन्वय समितिले दोब्बर जरिवाना दश हजार रुपैयाँ काटेर पुनः छोडिदियो ।


त्यस्तै लु ३ त ७२३१ नम्वर टेक्टर पनि ईलाका प्रहरी कार्यालय तुलसीपुरले गत साउन र भदौ २३ गते गरी दुई पटक अबैध उत्खननकै क्रममा फेला परी त्यसलाई पहिलो पटक पाँच र दोस्रो पटक दश हजार रुपैयाँ जरिवाना गरी छोडियो । यसरी पटक–पटक गरिने पटके कार्वाहीले राजस्व संकलनमा वृद्धि गरे पनि अबैध चोरी निकासीमा नियन्त्रण गर्न सकेको छैन । जसका कारण दाङमा नदिजन्य वस्तुको अबैध दोहोन बढ्दै गइरहेको छ ।

जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेलले जिल्लामा स्थायी उत्खननको व्यवस्थापन हुन नसक्दा पटके कार्वाहीले अबैध उत्खनन नियन्त्रण गर्न नसकेको बताउनुभयो । बढ्दो शहरीकरणको विकास र संरचना निर्माण , खोलामाथिको प्रतिवन्धले मौलाउदो चोरी निकासीले प्राकृति दोहोन संगै उपभोक्ताहरु मंहगीमा पर्ने गरेको पाईन्छ । पौडेललका अनुसार चुरे संरक्षण, विपत व्यवस्थापन प्रक्रिया मार्फत वातावरणीय प्रभाव मुल्याङकन गरी जिल्लामा २० वटा खोलाका सीमित क्षेत्रमा उत्खन्नको अनुमति सहित ठेक्का लगाएको जानकारी दिनुभयो । तर अबैध उत्खनन नरोकिदा जिल्लामा नदिजन्य प्रकोपको समस्या सम्भावना पनि चुलिदै गइरहेको छ । भने कालो बजारीहरुको समस्या पनि उस्तै देखिएको छ ।

सीमित क्षेत्रमा दिएको अनुमति अनुसार ठेक्कावालाहरुले मापदण्ड वाहिर गई उत्खनन गरीरहेको पनि उहाँले बताउनुभयो । ठेक्का सम्झौतामा सीमित क्षेत्र छुट्याई अनुमति दिए पनि प्रलोभन भनौ वा अन्य कुनै कारण ठेक्कावालाहरुले मापदण्ड विपरित नै उत्खनन गर्ने गरेको उहाँले बताउनुभयो । पैसा कमाउनेका नाममा अबैध उत्खननको धन्दा गर्ने गरेको उहाँको भनाई छ ।

जसको नियन्त्रणका लागि जिल्ला समन्वय समितिले अनुगमन तिव्रताका कार्यन्वयन गरीरहेका उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘ भेटिनेलाई जरीवाना गर्नु वाहेक अरु केही विकल्प छैन । ’ दुई पटक भन्दा माथि भेटिने सवारी साधनलाई जरिवाना दस्तुर दोब्बरले बढाउदै कार्वाही गरिरहेका उहाँले जानकारी दिनुभयो । जरिवाना गर्नुवाहेक अन्य कुने विकल्प नरहेकाले कार्यालयले पटक –पटक भेटिने सवारीसाधन जरिवाना भराउदै छोड्दै गर्नुपर्ने वाध्यता छ । भेटिए मात्रै कार्वाहीमा पर्ने, नभेटिए नदिजन्य वस्तु चोरी निकासी वाट वाहिरी राज्य राजस्व दरस्तुर र प्राकृतिक स्रोत साधनको दोहोन वढ्ने उहाँले बताउनुभयो ।

प्राकृतिक स्रोत साधनको वढ्दो चोरी निकासी नियन्त्रणका लागि स्थायी उत्खननको व्यवस्थापनका लागि सीमित क्षेत्रको निर्धारण गर्नुपर्ने अति आवश्यक रहेका उहाँले बताउनुभयो । जसका लागि स्थानीय तहहरुले उत्खनन र व्यवस्थापन सम्वन्धी नीति निर्माणको आफै राजस्व सकलन, उत्खनन अनुमति र अनुगमनको अधिकार लिनुपर्ने उहाँले बताउनुभयो । जसले गर्दा अबैध चोरी निकासीलाई नियन्त्रण गर्न सकिने उहाँको भनाई छ । यस्तो गर्न नसके चोरी निकासीको नियन्त्रण गर्न नसकिने उहाँले बताउनुभयो ।

जिल्ला समसन्वय समितिका राजस्व शाखाका लेखापाल विष्णुमणि आचार्यले उत्खननका लागि अनुमति दिए पनि अबैध उत्खननको दर नरोकिएको बताउनुभयो । जिल्लाका राप्ती नदिको काहीपरवा , बलरामपुर घाट , मटेरिया अर्जुनखोला दोभान , बडहरा र जेठानगाउँ , कालाकाटे रनसिङ– जुरौनी चिसापानी क्षेत्र , बौलाखोला धनौरी क्षेत्र , बबइ नदिको बेलास्पुर र शितलपुर क्षेत्र , पातुखोला बबई दोभान र सुकौरा क्षेत्र , ग्वार खोला कचवे उत्तर र बबई दोभान , हापुर खोला , सेवार खोला , कटुवा खोला , सिस्ने खोला र बालिम खोला गरी २० वटा उत्खननका लागि ठेक्का लागे पनि चोरी निकासी पनि तिनै क्षेत्रहरुमा वाट भइरहेको उहाँले बताउनुभयो । उत्खननका क्षेत्रको प्रकृति लम्वाई पाँच सय मिटर , चौडाई ३० – ९० मिटर र गहिराई ५० सेन्टीमिटर देखी साढे १ मिटर सम्म गर्न सकिने मापदण्ड तोकिएको छ । तर ठेक्कावालाहरुले त्यो भन्दा विपरित तरिकाले उत्खनन गरीरहेका उहाँले बताउनुभयो । जसले गर्दा अबैध चोरी निकासीको दर बढेको उहाँले बताउनुभयो ।

ठेक्का खोलिएका खोलाहरुमा अन्तिम म्याद जेठ मसान्त सम्म रहेकाले अनुमतिको पुर्जीलाई अबैध उत्खननमा भजाईरहेको पाईन्छ । आचार्यका अनुसार चालु आर्थिक वर्षको हाल सम्म अबैध उत्खननमा संलग्न भएका तीन सय ६० वटा सवारी साधन कार्वाहीमा परेको जानकारी दिनुभयो । जसवाट २४ लाख १५ हजार रुपैयाँ राजस्व संकलन भएको उहाँले बताउनुभयो । अबैध चोरी निकासीको दर बढ्दै गइरहेकाले यो दर अझै वढ्ने अनुमान पनि गर्न सकिन्छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्