राष्ट्रिय अखण्डतामा धावा बोल्नेमाथि सरकारले कडा नीति लिन्छ : ओली ।।



सैघाली खबर/काठमाण्डौँ, २४ बैशाख।
राष्ट्रिय अखण्डता र सुरक्षामा धावा बोल्नेमाथि सरकारले कडा नीति लिने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । राष्ट्रिय सुरक्षा परिषदको १७ औं सचिवालय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कहिले जनताका नाममा त कहिले जातिका नाममा आतंक मच्चाउनेहरुलाई नछोडिने बताएका हुन् ।

राष्ट्र निर्माणको महाअभियानमा लागेका बेला यसलाई विभिन्न नाममा अवरोध गर्नेहरुप्रति सरकार टुलुटुलु हेरेर नबस्ने प्रधानमन्त्री ओलीले बताएका छन् । राष्ट्र अघि बढ्न लागेका बेला बाटोमा बम हान्ने, जनता एकजुट भएका बेला बिखण्डनका कुरा गर्ने, धार्मिक विद्वेश फैलाउनेहरुबाट सजग हुनुपर्ने आलीलले बताएका छन् । प्रधानमन्त्री ओलीले नेपाल लोकतान्त्रिक मार्गमा द्रुत गतिमा अघि बढ्ने र देश भौगोलिक रुपमा अखण्ड रहने बताए ।

अब प्रतिगमन र बिखण्डनका कुरा गर्नु दिवा सपना मात्र भएको भन्दै उनले कसैले षड्यन्त्रको जगमा आफ्नो दुनो सोझ्याउन खोजे त्यसलाई ठीक लाउने ठाउँमा आफुहरु भएको बताएका छन् । राष्ट्रिय सुरक्षा परिषदले विगतको द्वन्द्व, हिंसा, नाकाबन्दीमा महत्वपूर्ण भूमिका निवार्ह गरेको उनले बताए ।

नेपाली सेनाले सबै प्रकारका उतारचढाव देख्दै आएको र राष्ट्रहितको पक्षमा उभिएको पनि प्रधानमन्त्री ओलिले बताए । राष्ट्रिय सुरक्षा र नेपाली सेनालाई भित्रै देखि बलियो बनाउनु पर्नेमा प्रधानमन्त्री ओलीले जोड दिएका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रिय सुरक्षा सम्बन्धि धारणालाई समयअनुकुल ढंगले अघि बढाउने बताएका छन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्