यातायात व्यवसायी र सरकारबीच पाँच बुँदे सहमति, अन्त्य भयो सिन्डिकेट ।।



सैघाली खबर/काठमाण्डौँ, २४ बैशाख।
यातायात व्यवसायी र सरकारबीच पाँच बुँदे सहमति भएको छ । सिन्डिकेट कायम राख्ने भन्दै आन्दोलनरत यातायात व्यवसायी र सरकारबीच सिन्डिकेट अन्त्य गर्ने लगायतका पाँच बुँदामा सहमति भएको हो । सहमतिसँगै यातायात व्यवसायीले यसअघि घोषणा गरेको आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएका छन् ।

सरकारले व्यवसायीसँग यातायात क्षेत्र व्यवस्थित गर्न कार्यदल गठन गरिने सहमति गरेको छ । यसैगरी दुर्घटनाबारे अध्ययन गर्न आयोग बनाउने सहमति पनि भएको छ । यातायात व्यवसायीले विभिन्न यातायात समितिको मात्रै राष्ट्रबैंकले रोक्का गरेको बैंक खाता फुकुवा गर्ने सहमति भएको भने पनि यसबारेमा सरकारले भने केही बताएको छैन ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्