प्रदेश ३

यातायात व्यवसायी र सरकारबीच पाँच बुँदे सहमति, अन्त्य भयो सिन्डिकेट ।।

By थाहा अनलाइन

May 07, 2018

सैघाली खबर/काठमाण्डौँ, २४ बैशाख। यातायात व्यवसायी र सरकारबीच पाँच बुँदे सहमति भएको छ । सिन्डिकेट कायम राख्ने भन्दै आन्दोलनरत यातायात व्यवसायी र सरकारबीच सिन्डिकेट अन्त्य गर्ने लगायतका पाँच बुँदामा सहमति भएको हो । सहमतिसँगै यातायात व्यवसायीले यसअघि घोषणा गरेको आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएका छन् ।

सरकारले व्यवसायीसँग यातायात क्षेत्र व्यवस्थित गर्न कार्यदल गठन गरिने सहमति गरेको छ । यसैगरी दुर्घटनाबारे अध्ययन गर्न आयोग बनाउने सहमति पनि भएको छ । यातायात व्यवसायीले विभिन्न यातायात समितिको मात्रै राष्ट्रबैंकले रोक्का गरेको बैंक खाता फुकुवा गर्ने सहमति भएको भने पनि यसबारेमा सरकारले भने केही बताएको छैन ।।