A Metro Transit bus stands with a gaping hole after a fatal collision with a vehicle near Dale Street and Charles Avenue in St. Paul on Friday night, July 21, 2017. (Courtesy of St. Paul police)

प्रदेश ३

गाडी दुर्घटनामा परे घाइतेको उपचार खर्च व्यहोर्दैनौ : कर्माचार्य ।।

By थाहा अनलाइन

May 07, 2018

सैघाली खबर/काठमाण्डौँ, २४ बैशाख। गाडी दुर्घटनामा परेर घाइते भएकाहरुको उपचार खर्च यातायात व्यवसायीले नव्यहोर्ने बताएका छन् । सिन्डिकेट अन्त्य गर्ने सरकारसँग सहमति गरे पनि यातायात व्यवसायीहरुले गाडी दुर्घटनामा परे घाइतेको उपचार खर्च आफूहरुले नव्यहोर्ने बताएका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले यातायात समितिहरुको बैैंक खाता रोक्का भएकाले गाडी दुर्घटना भए यात्रुहरुको उपचार गर्न नसकिने बताएका छन् ।

सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आफूहरुको काउन्टर बसपार्कबाट हटाउने काम गरिएको भन्दै सडकबाट सेवा सुचारु गर्ने चेतावनी पनि दिएका छन् । अध्यक्ष कर्माचार्यले विकल्पबिना नै सरकारले लिएको निर्णयबाट सर्वसाधारणले सास्ती व्यहोर्नुपर्ने अवस्था आएको दावी गरेका छन् ।

उनले आफूहरुको २ लाख गाडी र त्यसमा आवद्ध मजदुरहरुको व्यवस्थापन तत्काल गर्न पनि सरकारसँग माग गरेका छन् । महासंघले बसपार्कबाट समितिहरुको टिकट काउन्टर हटाउने निर्णयबाट पर्न गएको असुविधाको जिम्मेवारी सरकार आफैले लिनुपर्ने पनि स्पष्ट पारेको छ । पत्रकार सम्मेलनमा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारले यातायात क्षेत्रको सुधारका लागि आवश्यक कदम तत्काल चाल्ने प्रतिवद्धता जनाएका छन् ।।