निर्वाचन बहिस्कारको तुक छैन गृहमन्त्री शर्मा



दाङ,असार १२ । गृहमन्त्री जर्नादन शर्मा ‘प्रभाकर’ले नेपाल कम्यूनिष्ट पार्टी (विप्लव) पक्षले गरेको निर्वाचन बहिस्कारको कुनै तुक नरहेको बताउनु भएको छ ।  रिपोटर्स क्लव दाङले तुलसीपुरमा आयोजना गरेको  पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका नेता समेत रहेका शर्माले विप्लवको निर्वाचन बहिस्कारलाई जनताले खिल्ली उडाइदिएको  वताउनुभयो । निर्वाचन खारेजीको घोषणा गरिरहेको कुरा नैतिक रुपमा समाप्त भइसकेको छ । उनले थपे ‘जनक्रान्तिको भेष्ट लगाएर थवाङ र पाखापानीमा निर्वाचनमा सहभागी भएको तपाँईले पनि सुन्नु भएको होला, कतै सहभागि हुने र कतै बहिस्कारको कुरागर्नु नीतिगत रुपमा मिल्दैन ।

janardan sharma
उहाँले  राष्ट्रिय जनतापार्टी नेपाल लगायत विप्लवले पनि यो निर्वाचनमा भाग लिएकोले सबै दलहरुले दोस्रो चरणको निर्वाचनमा सहभागिता जनाएको बतानुभयो ।  सबै मिलेर निर्वाचन सम्पन्न गर्नुको विकल्प नरहेको उल्लेख गर्नुभयो । वम विस्फोट गराएर आतंक सृजना गरेर मतदाताको अधिकार नखोस्न चेतावनी समेत
दिनुभयो । गृहमन्त्री  शर्माले निर्वाचनका लागि सवै सुरक्षा ब्यवस्था मिलाईएको हुदा ढुक्क रहेर मतदानमा सहभागी हुन मतदाताहरुलाई आह्वान गरेका हुन ।   निर्वाचनमा जनताको उत्साहपूर्ण सहभागिता र दलहरुको स्वच्छ प्रतिस्प्रर्धा हुनुले निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न हुने मन्त्री शर्माले विश्वास व्यक्त छ ।

फरक  प्रशंगमा गृहमन्त्री शर्माले तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठ अपहरणको घटनालाई सरकारले अत्यन्तै महत्वका साथ लिएको बताए । ‘खोजि कार्य तीव्र बनेको छ र प्रहरी सफलता नजिक पुगेको सूचना मलाई दिइएको छ ।’ मन्त्री शर्माले अगाडि भने ‘छट्टै अपहरणकारी सार्वजनिक समेत वताउनुभयो ।  कार्यक्रम रिपोटर्स क्लका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सहजीकरण क्लवका सचिव विमल गौतमले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्