‘हैरान’को ट्रेलर आज सार्वजनिक ,चलचित्र कमेडी र एक्सनले भरिपूर्ण



सैघाली खबर
काठमाडौं, २४ बैशाख

चलचित्र ‘हैरान’को ट्रेलर सार्वजनिक भएको छ । जेठ ४ गतेबाट रिलिज हुन लागेको यो चलचित्रको शिर्ष गीत र टिजरले चर्चा पाइरहेको छ ।
विश्कै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार भएको यो चलचित्रलाई पूर्ण रुपमा कमेडी कथामा निर्माण गरिएको छ ।

यसपटक चलचित्रमा सामाजिक विषयवस्तुलाई समेटिएको निर्माण पक्षले जनाएको छ । यो चलचित्रमा सत्यराज आचार्य , गजित विष्ट , मोहमद वसिम राजा , सागर लम्साल, निश्मा घिमिरे , सरोज खनाल , बुद्धि तामाङ , पुष्कर रेग्मी , एन्जल राई , आरोही शर्मा लगायतको अभिनय छ । डान्स फेभरको ब्यानरमा निर्माण भएको चलचित्रलाई मुक्ति घले , सृष्टि घिमिरे , डाक्टर वाई एल लामाले निर्माण गरेका हुन् भनेसम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्