बालशिक्षालाई सरकारले उच्च प्राथमिकता दिन्छः प्रधानमन्त्री ओली



सैघाली खबर
काठमाडौं, २४ बैशाख 

प्रधानमन्त्री केपी शर्मा ओलीले बालशिक्षालाई सरकारले उच्च प्राथमिकता दिने बताउनुभएको छ । दक्षिण एसियाली बालअधिकारकर्मीको आज काठमाडौंमा भएको सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले ग्रामीण क्षेत्रका बालबालिका शिक्षाबाट बन्चित हुन नपरोस् भन्ने सरकारको नीति रहेको प्रष्ट पार्नुभयो ।

उहाँले गुणस्तरीय शिक्षा बालबालिकाको नैसर्गिक अधिकार भएकाले शिक्षामा समानता सरकारको प्राथमिकता भएको उल्लेख गर्नुभयो । अझै पनि ग्रामीण क्षेत्रमा धेरै बालबालिका शिक्षाबाट बन्चित हुनु परेको तथ्यांक सरकारसँग रहेको भन्दै प्रधानमन्त्री ओलीले अब प्रत्येक बालबालिकाको प्रथम ढोका विद्यालय हुने बताउनुभयो ।

सबै तहका बालबालिकाले शिक्षा लिने वातावरण सिर्जना गर्न सरकारले निःशुल्क शिक्षामा जोड दिएको प्रधानमन्त्री ओलीको भनाई छ । उहाँले दक्षिण एसियाका बालबालिकाको शैक्षिक अधिकार सुरक्षित गर्न सार्क क्षेत्रका बालअधिकारकर्मी एक हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले शिक्षा क्षेत्रमा भएको मनपरीतन्त्रको अन्त्य गरिने बताउनुभयो । उहाँले बाल शिक्षालाई प्रभावकारी बनाउन शिक्षालाई ग्रामीणमुखी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्