मुख्य समाचार

पत्रकारलाई अब बैंक खाताबाटै तलबः राज्यमन्त्री बाँस्कोटा

By थाहा अनलाइन

May 07, 2018

सैघाली खबर काठमाडौं, २४ बैशाख

सन्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सबै श्रमजीवी पत्रकारको तलब बैंक खाताबाट मात्र दिने व्यवस्था गरिने बताउनुभएको छ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालको प्रदेश नम्बर–३ ले नेपाल पत्रकार महासंघको प्रदेश निर्वाचनमा विजयीहरुलाई बधाइ तथा शुभकामना दिन आज आयोजना गरेको कार्यक्रममा राज्यमन्त्री बाँस्कोटाले श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन र सन्चार क्षेत्रको पारदर्शिताका लागि सरकारले आउँदो नीति तथा कार्यक्रममा त्यस्तो व्यवस्था गर्ने बताउनुभयो ।

उहाँले मुलुकको समृद्धि र सुशासन भएमा पत्रकारिता क्षेत्र पनि समृद्ध हुने तथा साना लगानीका पत्रिकाले पनि सहज रुपमा विज्ञापन पाउने भन्दै विज्ञापन प्राधिकरण गठन गरी यस क्षेत्रलाई व्यवस्थित गरिने बताउनुभयो । साथै सन्चार क्षेत्रले आलोचनात्मक चेतनाका साथ भ्रष्टाचार र दलालीकरणलाई उजागर गर्नुपर्ने समेत उहाँले बताउनुभयो ।