बाल –बिवाहले अकालमा ज्यान लिन्छ



दाङ२४ बैशाख । अधिकासं बालबालिका एउटै कमीजमा देखिन्थ्ये । लाईनमा बसेका अधिकासं विद्यार्थीहरु प्रशिक्षकले भनेका कुरा ध्यान दिएर सुन्दै थिए ।बालविवाह न्यूनिकरण सम्बन्धी अभिमुखिकरण सहभागी भएका उनिहरु बाल–बिवाहबाट पर्ने असरका बारेमा प्रशिक्षकले भनेका कुरा ध्यान दिएर सुन्दै थिए । सो अबसरमा प्रशिक्षण दिदै स्वास्थ्यकर्मी बसन्ता चौधरीले सानै उमेरमा विवहा गरेका धेरै आमाहरुको अकालमा मृत्यु भईरहेको भन्दै बालविवहा गर्नु स्वास्थ्यका दृष्टिले जोखिम रहेको बताउँनुभयो ।

 

बालविवहा गरेकै कारण धेरै आमाहरु अहिले बिभिन्न रोगबाट ग्रसित भएर जीवनभर पछुताउनु परेको उनले बताईन् । उनले परिपक्क उमेरमा विवहा नगर्दा शारिरीक, मानसिक, स्वास्थ्य, संबेगात्मक असर पर्ने भन्दै सानै उमेरमा बिहाव गर्न तथा हुन नदिन सबै सचेत रहन आबश्यक रहेको बताईन् । साथै प्रशिक्षण दिदै सीडका कार्यक्रम संयोजक माधवराज चौधरीले कानुनले २० बर्ष भन्दा कम उमेरकाले गर्ने बिवाहलाई बालबिवाह भनेको भन्दै कानून बिपरित बालबिवाह नगर्न आग्रह गरे । कार्यक्रममा साबिक बाघमारेका १२ वटा बिद्यालयका बालक्लबका प्रतिनिधिहरु सहभागि भएका थिए । त्यस अबशरमा बालविवाहले पार्ने नकारत्मक असर तथा बालअधिकारका बारेमा जानकारी दिईएको थियो ।
सोही बिद्यालयका प्रधानाध्यापक श्याम कुमार डाँगीको अध्यक्षता तथा शान्तिनगर गाउँपालिका वडा नम्बर २ का अध्यक्ष फर्सुराम डाँगीको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन गरिएको हो । त्यस अबशरमा सीडका कार्यक्रम संयोजक माधवराज चौधरीले कार्यक्रमको उदेश्यमाथि प्रकाश पारेका थिए , भने सहजकर्ता कल्पना खड्काले गरेकी थिईन् । कार्यक्रमको सहजीकरण सामाजिक परिचालक शारदा बस्नेतले गरेकी थिईन् । यसैबीच साबिक धनौरी, गोल्टाकुरी, बाघमारे गरी २४ वटा बिद्यालयमा उक्त कार्यक्रम भएको कार्यक्रम संयोजक माधवराज चौधरीले जानकारी दिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्