सुन तस्करी र हत्या प्रकरण स् सबै अभियुक्तको बयान आज सकिंदै



सैघाली खबर,
विराटनगर ।— साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका तीनजना अभियुक्तसँग जिल्ला अदालत मोरङले आज मंगलबार बयान लिंदैछ । प्रहरी नियन्त्रणमा रहेका ३० मध्ये हिजोसम्म २७ जना अभियुक्तको बयान अदालतले लिइसकेको छ ।सोमबार बयान लिइनेमा बहालवाला प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनी, डिएसपीद्वय प्रजीत केसी र सञ्जय राउत रहको जिल्ला अदालतले जनाएको छ ।

यसअघि हिजो जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको रोहबरमा पूर्व डिआइजी गोविन्द निरौला, निलम्बित प्रहरी उपरीक्षक विकासराज खनाल, सइ बालकृष्ण सञ्जेल, हवल्दार अमरबहादुर थापा र जवान विष्णुबहादुर खड्काको बयान लिइएको थियो । यसैगरी विमानस्थलका कर्मचारीहरु राजन थापा, पुण्य लामा, गोपाल श्रेष्ठ, हेमन्त गौचन, राजु महर्जन, अमरमान डंगोल, तुलाराम थारूको पनि बयान सकिएको छ ।

यसअघि राजन कुमार, टेकराज मल्ल ठकुरी, माधव भन्ने मदनप्रसाद घिमिरे, मोहन काफ्ले, लाक्पा शेर्पा र कृष्ण भन्ने नरेन्द्र कार्कीका छन् । त्यसैगरी व्यापारी भुजुङ गुरुङ, राजेन्द्रकुमार शाक्य र महावीर गोल्यान, विमानस्थलका कर्मचारीहरु लालबहादुर मगर, वीरेन्द्रमान श्रेष्ठ, दोराम खत्री, कपिलराज पुरी र बालकृष्ण श्रेष्ठको बयान लिइएको थियो ।

बयान दिने विमानस्थलका कर्मचारीहरुले सुन आएकोबारे आफूहरुलाई केही थाहा नभएको बताएका छन् । आफूहरुले कार्यालयको कर्मचारीका हैसियतमा पूरा गर्नुपर्ने जिम्मेवारी मात्र निर्वाह गरेको उनीहरुको भनाइ थियो । प्रहरीले अभियोगपत्रसाथ प्रस्तुत गरेको बयानलाई उनीहरुले अदालतसमक्ष इन्कार गरेका छन् ।

साढे ३३ किलो सुन तस्करी र सनम शाक्यको हत्या मुद्दामा प्रहरीले ६३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । न्यायिक हिरासतमा रहेका सबै ३० जनाको बयान आज सकिंदैछ । अदालतले गत बिहीबारदेखि बयान लिन सुरु गरेको थियो ।

सबैको बयान सकिएपछि अदालतले थुनछेकको बहस सुरु गर्ने तयारी गरेको छ । बहसका लागि प्रतिवादीका तर्फबाट कानुन व्यवसायीहरुले वकालतनामा दर्ता गर्ने क्रम सुरु भएको छ । बहसका लागि काठमाडौंबाट समेत केही नाम चलेका कानुन व्यवसायी आउने भएका छन् ।

यसबाहेक मोरङ, सुनसरी, झापा, धनकुटा, राजबिराजलगायत स्थानका कानुन व्यवसायी समेत बहसमा सहभागी हुने जनाइएको छ । यता, सरकारका तर्फबाट बहस गर्न जिल्ला न्यायाधिवक्ताको कार्यालयमा रहेकाबाहेक अरु कार्यालयका वकिलहरु पनि सहभागी हुने भएका छन् । प्रतिवादीतर्फबाट बहस गर्ने कानुन व्यवसायीको संख्या ७० नाघ्ने अनुमान मोरङ बारका एक सदस्यले गरेका छन् ।kantipur

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्