बालबालिकाहरुले बालविवाहलाई निर्मूल पार्ने



सैघाली खबर,
दाङ, २५ वैशाख । दाङको घोराही उपमहानगरपालिका वडा नम्वर ७ का बालबालिकाहरुले बालविवाहलाई निर्मूल पार्ने बताएका छन । वडा कार्यालयले मंगलवार राजपुर, बेसाही र पर्सामा बालक्लव पूर्णगठनका लागि आयोजना गरेको बाल भेलामा बोल्ने वक्ताहरुले बालविवाहले वृद्धिविकासमा असर गरेको भन्दै यस्तो प्रतिवद्धता जनाएका हुन ।

विगतमा जानकारीको अभावमा बालविवाह गर्न सहयोग गरेको र विवाह भोज खानसमेत जाने गरेको भन्दै अव क्लवमार्फत त्यसलाई निस्तेज पार्ने उनिहरुको भनाई थियो । बेसाही टोल विकास संस्थाका अध्यक्ष सत्यभामा शाहको अध्यक्षता तथा वडा सदस्य गोमा नेपालीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मनिष शाहको अध्यक्षतामा ११ सदस्यीय निस्वार्थ बाल क्लव गठन गरिएको छ ।

क्लवको उपाध्यक्षमा राजेश चौधरी, सचिवमा संगीता चौधरी र कोषाध्यक्षमा सुदिप नेपाली रहेका छन् । यस्तै राजपुर टोल विकास संस्थाका अध्यक्ष शेरबहादुर चौधरीको अध्यक्षता तथा वडा सदस्य छन्दबहादुर केसीको प्रमुख आतिथ्यमा भएको भेलाले निरज वस्नेतको अध्यक्षतामा १३ सदस्यीय सन लाईट बाल क्लव गठन गरेको छ । क्लवको उपाध्यक्षमा सम्झना चौधरी, सचिवमा पुष्पा चौधरी र कोषाध्यक्षमा विवस चौधरी रहेको सामाजिक परिचालक बिमल योगीले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्