सैन्य क्षेत्रमा सबैभन्दा धेरै लगानी गर्ने विश्वका १० देशहरू



सैघाली खबर,
बैशाख २५ काठमाडौं । सन् २०१७ मा विश्वको सैन्य खर्च १ हजार ७ सय अर्ब अमेरिकी डलर पुगेको छ । सैन्य क्षेत्रमा लगानी गर्ने पहिलो मुलुकमा अमेरिका पर्छ । अमेरिकाले सन् २०१७ मामात्रै ६ सय १० अर्ब डलर खर्चिएको छ । चीनले २ सय अर्ब बढी अमेरिकी डलर खर्चिएको छ ।

अनुसन्धान अनुसार सन् २०१७ मा अमेरिकाले कूल ग्राहस्र्थ उत्पादनको ३ दशमलव १ प्रतिशत रकम सैन्य क्षेत्रमा खर्चिएको छ । चीनले १ दशमलव ९ प्रतिशत रकम सैन्य क्षेत्रमा खर्चिएको छ ।

अनुसन्धान अनुसार अमेरिका र चीन कूल गाहस्र्थ उत्पादनका आधारमा सैन्य क्षेत्रमा मोटो रकम खर्चिने १० मुलुकहरूको सूचीमा भने पर्दैनन् । कूल ग्राहस्र्थ उत्पादनका आधारमा सैन्य क्षेत्रमा मोटो रकम खर्चिने १० मुलुकहरूलाई निम्नानुसार प्रस्तुत गरिएको छ ।

१ ओमान
सन् २०१७ मा कूल ग्राहस्र्थ उत्पादनको १२ प्रतिशत अर्थात् ८ दशमलव ६८६ अर्ब अमेरिकी डलर खर्च गरेर ओमान सैन्य क्षेत्रमा विश्वमै बढी रकम खर्च गर्ने मुलुकको अग्र स्थानमा छ ।

२ साउदी अरेबिया
सन् २०१७ मा कूल ग्राहस्र्थ उत्पादनको १० प्रतिशत अर्थात् ६९ दशमलव ४१३ अर्ब डलर सैन्य क्षेत्रमा खर्च गरी साउदी अरेबिया सैन्य क्षेत्रमा विश्वमै बढी रकम खर्च गर्ने मुलुकको दोस्रो स्थानमा छ ।

३ प्रजातान्त्रिक गणतन्त्र कंगो
अफ्रिकी मुलुक कंगोले कूल ग्राहस्र्थ उत्पादनको सन् २०१७ मा ६ दशमलव २ प्रतिशत रकम सैन्य क्षेत्रमा खर्च गरेको छ ।

४ कुवेत
सन् २०१७ कुवेतले कूल ग्राहस्र्थ उत्पादनको ५ दशमलव ८ प्रतिशत रकम सैन्य क्षेत्रमा खर्च गरेको छ । यहाँ अमेरिकी सैनिकको धेरै अखडा रहेका छन्।

५ अल्जेरिया
फ्रान्सको उपनिवेशबाट मुक्त भएको मुलुक अल्जेरियाले कूल ग्राहस्र्थ उत्पादनको ५ दशमलब ७ प्रतिशत रकम सैन्य क्षेत्रमा खर्च गरेको छ ।

६ जोर्डन
जोर्डन सन् १९४६ देखि इजरायलबाट स्वतन्त्र भएको मुलुकको हो । इस्लामिक स्टेटका कारण अहिले पनि आन्तरिक हिंसामा भएको यस मुलुकले सन् २०१७ मा कूल ग्राहस्र्थ उत्पादनको ४ दशमलव ८ प्रतिशत रकम सैन्य क्षेत्रमा खर्च गरेको तथ्यांक छ ।

७ इजरायल
सन् २०१७ मा सैन्य क्षेत्रमा मोटो रकम खर्च गर्ने मुलुकमा इजरायल पनि पर्छ । इजरायलले कूल ग्राहस्थ उत्पादनको ४ दशमलव ५ प्रतिशत रकम सैन्य क्षेत्रमा खर्च गरेको तथ्यांक छ ।

८ लेबनान
लेबनान बढी सैन्य सामाग्री भएको मुलुकको सूचीमा पर्छ । सन् २०१७ मा लेबनानले सैन्य क्षेत्रमा कूल ग्राहस्र्थ उत्पादनको ४ दशमलव ५ प्रतिशत रकम खर्च गरेको छ ।

९ रूस
रूस सैन्य क्षेत्रमा बढी खर्च गर्ने मुलुकको सूचीमा सन् १९९७ देखि नै समावेश हुँदै आएको छ । सन् १९९८ मा रूसले कूल ग्राहस्र्थ उत्पादनको ३ प्रतिशत रकम सैन्य क्षेत्रमा खर्च गरेको थियो । सन् २०१७ मा रूसले कूल ग्राहस्र्थ उत्पादनको ४ दशमलव ३ प्रतिशत रकम सैन्य क्षेत्रमा खर्च गरेको थियो ।

१० बहराइन
मुस्लिम राष्ट्र बहराइनले सन् २०१७ मा कूल ग्राहस्र्थ उत्पादनको ४ दशमलव १ प्रतिशत रकम सैन्य क्षेत्रमा खर्च गरेको थियो ।
एजेन्सीको सहयोगमा

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्