‘अलपत्र पुल ,मौन निकाय ,त्रसित नागरिक’



गिरिराज नेपाली
असार १२ , दाङ । चुनावी सरगर्मि संगै दाङ लाई स्मार्ट सिटी देखी , वृहत चक्रपथ र प्रत्येक वडा सम्म कालोपत्र सडक निर्माणको चर्चा चलिरहेका वेला , दाङमा निर्माणाधिन पुलहरु वर्षाै देखी लड्की रहेका छन ।
वढिमा निर्माण सुरु गरेको ३ देखी ४ वा कम्तिमा २ देखी ३ वर्षमा लमही देखी तुलसीपुर सम्ममा निर्माण सुरु भएका पुलहरु वर्षायाम सुरु हुन लाग्दा समेत अलपत्र अवस्थामा थन्किएका छन । सम्वन्धीत निकायहरुको मौनता र निर्माण कम्पनीहरुको ढिलासुस्तीका कारण अलपत्र वनेको पुल निर्माणका कारण नागरिकहरु पुनः क्रसित हुदै गईरहेका छन । दुई साता अघि मात्रै सुख्खा दाङका खोलाहरु असार लागे संगै धमिलिदै गईरहेका छन । जसका कारण नागरिकहरुमा फेरी खोलाले सवारमा सास्ती र दुख दिने पिरलो सताईरहेको वताउछन ।kola 3

घोराही उप–महानगरपालिका वडा न. २ रामपुरका मिन वहादुर वुढाले भन्छन ‘यसपालीको बर्खा पुल तरेर घर÷शहर गरौला भन्ने आशा थियो । त्यो आश मात्रै रहयो । ’ पुल निर्माणले भएको वाटो पनि भत्कायो । डाईभर्सन पनि साघुरो छ । त्यो पनि कहिले जाने हो । त्यो थाहा छैन । खोला दिनैपिच्छे वढ्दै छ । खोला संगै क्रास पनि वढ्दै छ । सवै किनमेल देखी उत्पादित तरकारी वेच्न समेत सधै घोराही नै आउने पर्छ । हिजो आज खोला वढ्ेको छैन । सजिलै भएको छ । तर जव वर्षात सुरु हुन्छ । तव त्यो पनि रोकिन्छ । घरमै तरकारी थन्काउनु वाहेक अरु कुनै उपाय हुदैन । सरकारी निकायहरु मौनता कारण आफु जस्ता सयौ नागरिकहरुले दिनानुदिन चरम सास्ती खेप्न वाध्य हुन परेको गुनासो गर्दै भने ‘ सरकारी निकाय र निर्माण कम्पनीहरुको छिटो छरितो काम गर्ने हो । भने हामीले वर्षेनी ,उही सास्ती खेप्न नपर्ने वताए । उनले भने वर्षात सुरु भईसक्यो पुल निर्माणाधिन स्थलहरुमा व्यवस्थित डाईभर्सन समेत छैनन । जोखिम मोलेर सवार गर्नु पर्ने वाध्यता वनेको छ ।

त्यस्तै घोराही उप–महानगरपालिका १२ हापुरका राजु परियारले भन्छन ‘वर्खा होईन , हिजो आज नै सुर भईसक्यो पानीमुनिको पुलको सास्ती ’ न कुनै गतिलो डाईभर्सन छ , न पुल नै कहाँ र कसरी आवात जावत गर्ने हो । २÷४ वटा ह्याम्पाई राखेर एक तर्फीको मात्रै कच्ची डाईभर्सन छ । तर त्यो कलिजेल चल्ने हो । त्यो पनि पानी परे हिलाम्मे हुन्छ । खोलामा पानी नवढ् पनि वारपार नै वन्द हुन्छ । यो समस्या दाङवासीले यो वर्ष लाई मात्रै हो कि अव भन्दा भन्दै ३ वर्ष वितिसक्यो । तर अझै ति पुल निर्माण नहुदा उही सास्ती दोहोरिदै छ । बर्षात सुरु भईसक्यो । तर पुल निर्माणका काम सवै रोकिदै जान थालेका छन । जसका कारण नागरिकहरुको सहज र सुरक्षित यात्राको अधिकार खोसिएको उनले वताए । उनले भने ‘सम्वन्धीत निकायहरुको उदासिन्ता र निर्माण कम्पनीहरुको लापरवाहीका कारण पुल निर्माण कार्य ढिलाई हुदै गएको उनले वताए ।
तर वर्षातको समय सुरु भए संगै जिल्लाका सवै पुल निर्माण कार्य ठप्पै रोकिएको सडक डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका सुचना अधिकार दुर्गा पौडेले वर्षात समय सुरु भए संगै सवै निर्माण कम्पनीहरु निर्माण कार्य निर्माणाधिन अवस्थामै छोडेको जानकारी दिए । निर्वाचनको समय सुरु भए संगै सवै नागरिक एंव कर्मचारी निर्वाचनमै व्यस्तताले पुल निर्माण तर्फ कार्यालयले ध्यान नपु¥याउन सकेको स्वीकार गर्दै उनले भने ‘ठेकेदारहरुले सवै काम वन्द गरी सकेका छन । ’ डाईभर्सन ट्रयाक निर्माण गरी सवारी आवागमनमा निर्वाहत रुपमा संञ्चालन भईरहेका छन । पौडेलले भने पुल निर्माणका लागि हामीले पनि जवरजस्ती गर्न सकेका छैनौ । सवैका तोकिएका म्याद गई नै सकेका छन । तर म्याद थप्दै काम गराउन वाध्य भईरहेका छौ । उनले भने ‘निर्माण कम्पनीहरुको लावरवाहीका कारण नागरिकहरु जोखिम मोल्नु परेको आरोप लगाए ।

kola 1
तर दाङ निर्माण व्यावसायी संघले सम्वन्धति सरोकारवाला निकायहरुको मिलोमतो कारण दाङको विकास अन्योल र अलपत्र वनेको आरोप लगाए । उनले भने ‘झोले ठेकदारका कारण दाङ विकास अलपत्र वनेको छ । ’ तर राज्यले उनीहरु लाई कुनै पनि कार्वाही भागिदार वनाउन सकेको छैन । जसका कारण नागरिकहरुले सास्ती खेप्नु परेको भन्दै ‘काम नगर्ने निर्माण कम्पनीहरु लाई राज्यले कानुनी कार्वाही गरि सार्वजानिक गर्नु पर्छ । ’ तर आपसी मिलोमतो कारण म्याद थप्दै काम गर्ने र गराउने गरेको छ । जसका कारण ठेकेदारहरुले मनोमानी तरिकाले काम गरेका छन । राणाले भने संघले पुलको विषयमा पटक पटक कार्यालय देखी ठेकेदारहरु सम्म लाई भेटेर निर्माणाधिन पुलहरु लाई तिव्रता दिन काम गरेको छ । तर सुनेर पनि नसुनेझै गर्दा नागरिक मारमा परेका छन । तर राज्यले त्यस्ता नागरिक माथि खेलाक्ची गर्ने लाई तुरुन्तै कार्वाही गरि सार्वजानिक गर्नु पर्ने माग समेत गरेका छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्