मृत्युुपछि पनि मानिसको शरीरमा चलिरहन्छन् यी कुराहरु



एजेन्सी । मृत्यु एक यस्तो रहस्य हो जसको बारेमा कसैले पनि जानेको छैन । मृत्युपछि हाम्रो आत्मा र जीवनसम्बन्धी विभिन्न मान्यताहरु रहेको पाइन्छ । तर विज्ञानका अनुसार मृत्युपछि पनि मानिसहरुको शरीरमा यी जिवित प्रकृया चलिरहन्छन् । मृत्युपछि पनि मानिसका शरीरमा आउँछन् यस्ता परिवर्तन ।

मृत्युपछि मानिसको शरीरको रंग तिब्र रुपमा बद्लिन थाल्छ । सबैभन्दा पहिले रगतको प्रवाह रोकिएसँगै शरीरको रंग निलो हुन थाल्छ । त्यसपछि रगत पानीमा परिवर्तन हुँदा शरीरको रंग पहेला हुन थाल्छ ।

छालाको कोषहरु जिवित हुन्छन्
मृत्युपछि शरीरमा रक्तसञ्चार रोकिन्छ । यसबाट मष्तिस्कसम्म अक्सिजनको प्रवाह हुन पाउँदैन । त्यस्तोमा सबैभन्दा पहिले मष्तिस्कले काम गर्न छोड्छ । त्यसको बावजुत पनि छालामा रहेका केही कोषहरुले भने काम गरिरहेका हुन्छन् । केही कोषहरु केही दिनमै मर्छन् भने केही कोषहरु धेरै दिनसम्म नि जिवितै रहन्छन् ।

पाचन प्रणाली
हाम्रो शरीरमा यस्ता केही सूक्ष्म जीवहरु पाइन्छन् जुन् मृत्युपछि पनि जिवितै रहन्छन् । जसमा प्यारासाइटिक पनि हुन्छन्, जसले खानेकुरालाई पचाउन मद्यत गर्छन् । मृत्युपछि पनि यी जीवहरु जिवित रहेर काम गरिरहेका हुन्छन् । जसको कारण पेटमा ग्याँस उत्पादन हुन शुरु हुन्छ र त्यसैकारणले पनि कतिपय समयमा मृत्युपछि मानिसको पेट फुल्न थाल्छ ।

पिसाव उत्सर्जन
मानिसको मृत्युपछि पनि पिसाव उत्पादन प्रकृया चलिरहेकै हुन्छ । किनकी रक्तसञ्चार रोकिएपछि मांशपेशी कडा हुन थाल्छ । त्यसको केही समयमा जब मांशपेशी कमलो हुन थाल्छ तब पिसाव उत्सर्जनको कार्य हुन्छ । त्यसैगरी त्यतिबेला वीर्य स्राव पनि हुन थाल्छ ।

कपाल बढ्छ
केही धर्ममा मृत्युपछि मानिसको शरीरलाई जमिनमा गाड्ने गरिन्छ । अधिकांश समयमा शवको कपाल लामो भएको भन्ने सुन्ने गरिन्छ । तर यो पूर्ण रुपमा सत्य भने होइन । कपाल केही हद सम्म बृद्धि हुन सक्छ तर छाला खुम्चिन थाल्दै जाँदा कपाल लामो भएको देखिन्छ ।

नङ बढ्नु
मृत्युपछि पनि मानिसको नङ बढ्छ भन्ने कुरा पनि बाहिर आएको छ । तर यो शरीरको भित्रि भागमा भएको परिवर्तनका कारणले नभई छाला खुम्चिदै जाँदा बढ्दै गएको जस्तो देखिन्छ, कपाल जस्तै ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्