रणवीर कपूर बने ‘डाँका’



सैघाली खबर,
बैशाख २५ । बलिउड अभिनेता रणवीर कपूर अब एकपछि अर्को गर्दै धमाकेदार फिल्ममार्फत दर्शकसामु आउँदैछन् ।

हालै उनको फिल्म सञ्जय दत्तको बायोपिक ‘सञ्जु’को ट्रेलर सार्वजनिक भएको थियो । जसको प्रतिक्रियास्वरुप उनको चौतर्फ प्रसंशा भएको थियो । अहिले फेरि उनको अर्को फिल्म ‘शमशेरा’को फस्र्ट लुक सार्वजनिक भएको छ, ‘शमशेरा’मा उनको लुक एकदमै प्रभावशाली देखिएको छ ।

 

यस फिल्ममा रणवीर कपूर एक डकैतको भूमिका निर्वाह गर्नेछन् । यस फिल्मको निर्माण यशराज ब्यानरले गर्दैछ भने फिल्मको निर्देशन करण मलाहोत्राले गर्नेछन् । फिल्मको पूरा नाम ‘शमशेरा – करम से डकैत, धर्म से आजाद’ राखिएको छ । यसबाट अनुमान लगाउन सकिन्छ रणवीरले यस फिल्मबाट बलिउड करिअरमा एक अर्को कीर्तिमान बनाउनेछन् ।

 


यसअघि प्रायः जसो प्रेमी, चुलबुले केटा, गायक तथा रकस्टारको भूमिकामा देखिएका रणवीर यस फिल्ममा नयाँ भूमिकामा देखिनेछन् । फिल्म ‘सञ्जु’ प्रदर्शन भएपछि रणवीर यस फिल्मको काम सुरु गर्नेछन् । रणवीरको हाल दुइटा फिल्म पाइपलाइनमा रहेका छन् । ती फिल्म राजकुमार हिरानीको ‘सञ्जु’ र अयान मुखर्जीको ‘ब्रम्हास्त्र’ हुन । रणवीरले यी दुवै फिल्मको छायाँकंनको काम लगभग पूरा गरिसकेका छन् ।

फिल्म ‘ब्रम्हास्त्र’मा रणवीर आलिया भट्टका साथ काम गरिरहेका छन् । यशराज ब्यानरको यस फिल्म ‘शम्शेरा’मा भने रणवीरको जोडीको रुपमा कुन अभिनेत्री हुनेछिन् भन्ने करा भने सार्वजनिक गरिएको छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्