गिठेपानी हाईड्याम निर्माण हुने



गोविन्द खड्का
दाङ २५ बैशाख । घोराही उपमहानगरपालिकामा १८ मा हाईड्याम निर्माण गरिने भएको छ । गिठेपानीमा खानेपानीको समस्या देएिपछि हाईड्याम्प निर्माण गर्न थालेको स्थानीयहरुले वताएका छन ।जग्गा काटेर हाईड्याम निर्माणका लागि दिन स्थानीय बासिन्दा सहमत भएका छन् ।

जंगलको छेउमै बस्ति भएपनि गिठेपानीमा चरम पानीको अभाव देखिएको छ । भारतिय भुपु सैनिकको संघको सहयोगमा पाईप प्रणालीबाट बितरण गरिएपनि पर्याप्त सुविधा नभएको जेष्ठ नागरिक बिष्णुबहादुर थापाले बताउनुभयो । हाईड्याम निर्माण पछि खानेपानी र सिचाँईका लागि नपाईने सुख्खा क्षेत्रमा सिंचाई योजना आउनु ठुलो उपलब्धी हो ।

बर्षातको पानी थुनेपछि मुहान बढ्ने र सिंचाई सुविधा दिन सजिलो हुने बताईएको छ । बर्षातको पानी थुन्न सके कुवा घर घरै बनाउन सकिने, प्रशस्त जमिन भएकाले लाभ लिन सकिने स्थानिय शिक्षक कृष्ण बहादुर रावतले बताउनुभयो ।

साथै भेलाले ड्याम निर्माण गर्दाको लागत सहभागिता संचित क्षेत्रबाट प्रतिकाका दरले रकम संकलन गर्ने निर्णय गरेको छ ।यसैगरी भेलाले ड्याम क्षेत्रमा पर्ने आवादी जग्गा बचाउन आवश्यक उपाए अपनाउने निर्णय गरेको छ । पहिरो तथा अन्य क्षति हुन सक्ने खतरालाई ध्यानमा राखि तारजाली वा पर्खालको व्यवस्थागर्न आयोजना संग माग गर्ने निर्णय गरेको छ । भेलामा सिंचित क्षेत्रका बासिन्दाको उपस्थिति रहेको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्