‘ निवेदनमा पीडित , बयानमा होईन’



 

  •  प्रलोभन \डरधम्की
  •  सामाजिक प्रतिष्ठा
  •  फितलो अनुसन्धान 

गिरिराज नेपाली 

घोराही , २५ वैशाख । दाङ लमही नगरपालिका वडा नं. ७ की( परिवर्तित नाम ) संकेत नंंं. ५६ (ज)ले स्थानीय भुवन घर्तीले २०७४ माघ १९ गते राती साढे १० वजे  आफुलाई जवरजस्ती करणी गरेको आरोपमा २०७४ माघ २९ गते इलाका प्रहरी कार्यालय लमहीमा घर्ती विरुद्ध जाहेरी दरखास्त गरिन । जाहेरी पछि प्रहरीले उक्त घटनाको छानविन गर्दै २०७४ फागुन २५ गते  दाङ देउखुरी जिल्ला अदालतमा मुद्दा दर्ता ग¥यो । 

मुद्दा आधारमा अदालतले कानुनी प्रक्रिया शुरु गरी पीडक र पीडित तर्फको बयान लिदाँ पीडित आफैले दुईजना विचको प्रेम सम्वन्ध रहेकाले पीडक मानिने घर्ती आफुलाई भेट्न नआएपछि रिसले करणीको आरोपमा उजुरी दिएको बयान  गरिन्  । अन्ततः उक्त मुद्दा त्यही नेर बाटै टुङग्यिो ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिका ७ की (परिवर्तित नाम ) संकेत ५६ तु. ०७३–१२ ले स्थानीय चार जना युवाहरु आकाश विक, जीवन रसाइली, विशाल श्रेष्ठ र विमल विकले सामुहिक करणी गरेको गरगहना लुटेको आरोपमा २०७३ पुस ७ गते ईलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिईन् । जाहेरी पश्चात्त प्रहरी उक्त घटनाको छानविन पछि २०७४ असार १ गते उक्त घटनाको मुद्दा अदालतमा दर्ता भयो ।

मुद्दा माथि अदालतले कानुनी प्रक्रिया शुरु गर्दा पीडित आफैले प्रतिवादीहरुले केही गरेका होईन । गहना पनि हराएका होईन । प्रहरीले लेखेको कागजमा जवरजस्ती सहीछाप गर्न लगाएको हो भनि बयान दिएपछि उक्त घटना पनि त्यही नेर वाटै तुइयो । यि दुई घटनाहरु उदाहरणीय मात्रै हुन । अधिकाश सरकारवादी फौजदारी (जजक र कजजक उद्योग )का घटनाहरु निवेदनमा पीडित रहे पनि बयानमा पीडित  नहुने गरेको पाईन्छ ।

आर्थिक प्रलोभन, सामाजिक प्रतिष्ठा र  फिलतो अनुसन्धानले अधिकाश सरकारीवादी मुद्दाहरु विचमै तुहिने गरेका छन । जसले गर्दा पीडित अझै दण्डहिनताको संस्कार मौलाउदै गइरहेको पाईन्छ । पीडकले पीडितको पीडालाई पैसामा किन्दा वा डरधम्कीले त्रसाउदा पीडितहरुले पीडालाई लुकाई झुठलाई सत्य अदालतमा सत्य सावित गर्ने गरेको सरकारी वकिल कार्यालय दाङका जिल्ला न्यायाधीवक्ता चन्द्र वहादुर सिंजालीले बताउनुभयो ।

जसले गर्दा पीडित अझै पीडित बन्ने , पीडकहरु उन्मुती  पाइरहने प्रवृत्तिको विकास भइरहेका उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘पीडित आफैले पीडित हु भनेर जोहरी दिने पछि होईन भन्छन । जसको कारण नै चलखेल हो । ’ सामाजिक प्रतिष्ठाको जोगाउने डरले भन्दा आर्थिक प्रलोभन वा दवावले यस्ता घटनाहरु तुहिएर जाने गरेको  उहाँको भनाई छ ।

केही घटनाहरु नियतवंश फसाउने दाउले होलान तर पीडितहरुले व्यर्थमा अरुलाई फसाउने गरी आफुमाथि दाग लगाउने सक्छन जस्ता नलाग्ने गरेको उहाँले बताउनुभयो । जसले गर्दा  पीडितहरुको मनोवल गिर्ने र पीडकहरु मनोवल वढ्दै जाने प्रवृत्ति हावी भइरहेको छ । उहाँले भन्नुभयो – ‘अपराध र अपराधी पैसा वा डरधम्कीले मुक्ती पाइरहेका छन । ’ जसले गर्दा न्याय सम्पादनमा चुनौती र न्यायप्रतिको विश्वसनियता गुम्दै गइरहेका छ ।

सरकारवादी मुद्दामा राज्य नै असफल हुनुपर्ने वाध्यता छ ।  उहाँले यस्तो दण्डहिनताको संस्कार अन्त्यका लागि पीडितल न्याय नपाउने दोषी उम्कने भएकाले न्यायका लागि सामाजिक जागरणको खाँचो रहेको  बताउनुभयो । जसले गर्दा पीडितले न्याय र दोषी सजाय भागीदार बन्न सक्छ । दाङ देउखुरी जिल्ला अदालतका श्रेष्तदार गम्भिर राणाले पीडितहरुले दवाव वा प्रभावमा बयान फेर्ने गरेको बताउनुभयो ।

जसले गर्दा न्याय सम्पादनमा चुनौती थप्ने गरेको उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘ पीडित दवाव वा प्रभाव दिएरै होइन  भन्न लगाइन्छ । अदालतले के गर्न सक्छ । ’ पीडितलाई  आर्थिक प्रलोभन देखाइ  , डरधम्की दिइ वा पीडित आफैले सामाजिक प्रतिष्ठा जोगाउने डरले बयान फेर्ने गरेका उहाँले बताउनुभयो ।  पीडित आफै होइन भन्दा अदालत मात्रै केही नलाग्ने गरेको  उहाँले बताउनुभयो ।

राणाले अधिकाश करणी संगै जोडिएका घटनाहरुमा यस्तो देखिएको  उहाँले बताउनुभयो  । पीडित आफैले  दवाव  वा प्रभावमा बयान फेरे कसरी न्याय दिलाउन सकिन्छ उहाँले प्रश्न गर्नुभयो । पीडितले बयान झुठो बोल्दा वा फेर्दा फौजदारी अभियोग संग जोडिएका ३० प्रतिशत घटनाहरु (होस्टाईल ) भएर जाने उहाँले जानकारी दिनुभयो ।

न्यायमा विचौलीको विगविगी र न्याय सम्म पीडितहरुको पँहुच पुग्न नसक्दा अधिकाश पीडितहरुले न्याय नपाइ वस्नुपर्ने वाध्यता देखिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक हरि वहादुर विसीले बताउनुभयो । इज्जत गुम्ने डरले पनि पीडितहरु खुल्न नसक्दा यस्तो समस्या देखिने गरेको उहाँले बताउनुभयो ।  कानुनी हिसावले जवरजस्ती करणीको हकमा घटना भएको ६ महिना सम्म उजुरी दिन सक्ने व्यवस्था छ । तर ६ महिना सम्म घटनाका सवै प्रमाण नष्ट भइसक्ने हुनाले पनि पीडितले न्याय पाउने सम्भावना कमजोर बन्न सक्ने उहाँले बताउनुभयो ।

त्यस्तै जिल्ला बार एशोसियशनका अध्यक्ष प्रदिप कुमार गौतमले  राज्यलेका  अनुसन्धानको पाटो फितलो हुदा पीडित न्याय र दोषी सजाय नपाउने परिपार्टीको विकास हुदै गइरहेको  बताउनुभयो ।  घटनाको सत्यतथ्य जाँचबुझ नगरी कानुनी प्रक्रियामा ल्याउदा  फौजदारी अभियोगका घटनाहरु असफल हुने गरेको उहाँलेका भनाई छ ।  उहाँले भन्नुभयो – ‘ घटना भएका हुन्छन , तर अनुसन्धान गतिलो हुदैन । जसले गर्दा वास्तविक पीडित न्याय  र पीडक सजाय पाउन सक्दैनन । ’ जसले गर्दा पीडित र पीडक दुवैलाई सामाजिक रुपमा गलत  दृष्टिकोणले हेर्ने परिपाटीको विकास भइरहेको छ । भने अनाहकमा अदालत र पीडकहरुले दुःख भोग्नुपर्ने स्थिति पनि देखिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्