मनोरञ्जन

संघ-संस्थालाई गुहार्दै नायक तथा निर्माता नवल खड्का

By थाहा अनलाइन

June 26, 2017

१२ असार( राष्ट्रवादी नायक तथा निर्माता नवल खड्काको पहलमा दृष्टि विहिन बाबू(आमाको नावालक छोरालाई पढाइ खर्चको निम्ति आर्थिक सहयोग जुटाई सम्बन्धित पक्षलाई हस्तान्तरण गरिएको छ ।

अछाम जिल्ला घर भई हाल भक्तपुर सानोठिमीमा सानो कोठा भाडामा लिएर अगरवाती बेची जिविका उपार्जन गर्दै आईरहेका दुवै दृष्टी बिहिन शुसिल थापा र सुनिता थापाका नावालक छोरा बर्ष पाँचका सक्षम थापालाई पढाउन कठिनाई भएको स्थितिमा खड्काको अनुरोधमा युके निवासी दिपा कठायत क्षेत्रीले एक बर्षको लागी लाग्ने पढाई खर्चको लागी रकम सहयोग गरेकी हुन् । सक्षम थापा युकेजी मा र उनको बहिनि सिमरन थापा प्ले ग्रुपमा अध्ययन गर्दै छन् ।

खड्काले सहयोग रकम हस्तान्तरण गर्ने क्रममा समाजसेवी युके निवासी दिपा कठायत क्षेत्रीलाई दृष्टि बिहिन बाबू(आमा, बच्चा र आफ्नो तर्फ बाट धन्यबाद दिदै गरिबले पढ्न पाउने अधिकार छ कि छैन रु छ भने सरकारले यसप्रकारका बच्चाहरुको जिम्मेवारी लिनु पर्यो र थप सहयोगको लागी दाताहरु संघ(संस्था, व्यक्तिलाई अनुरोध समेत गरेका छन् ,