प्रदेश ५

प्रदेश पाँचको संसद अधिवेशन अन्त्य

By थाहा अनलाइन

May 09, 2018

सैघाली खबर रुपन्देही, २६ वैशाख

प्रदेश नम्बर पाँचको प्रदेश सभाको पहिलो अधिवेशन मंगलबार रातिबाट सकिएको छ । प्रदेश प्रमुख उमाकान्त झाले मंगलबार राति १२ बजेदेखि प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको घोषणा गर्नुभएको प्रदेशसभाका सचिव मानबहादुर विकले बताउनुभयो ।

माघ २१ गते सुरु भएको अधिवेशनमा २२ ओटा बैठक भएका छन् । यही अधिवेशनले सभामुख, उपसभामुखको निर्वाचन गरेको छ भने ४ वटा संसदीय समिति पनि बनाएको छ ।

अधिवेशनमा प्रदेशसभाको नीति तथा कार्यक्रम तथा बाँकी अवधिको बजेट समेत पारित भएको छ । स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्यहरुको सेवा सुविधाबारे बनेको विधेयकको संशोधन अधिवेसनमा पेश भएको छ ।