प्रतिनीधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै



सैघाली खबर
काठमाडौं, २६ वैशाख

व्यवस्थापिका संसदको प्रतिनीधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । दुइटै सदनमा आज संसद निमायली पेश हुनेछ । आजको बैठकमा संसद नियमावली पारित गर्ने कार्यसूची रहेको छ । फौजदारी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सांसदलाई निलम्बनको व्यवस्था थप गर्न माग गर्दै परेको संसोधनका विषयमा पनि छलफल हुनेछ ।

नेकपा एमालेले प्रतिनिधिसभा नियमावली मस्यौदामाथि संशोधन दर्ता गरेको छ । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श महाशाखाका अनुसार संशोधन दर्ताका लागि तोकिएको समयसीमामा छ वटा संशोधन दर्ता भएका छन् । तीमध्ये नेपाली काँग्रेसले प्रस्तावित समिति संख्या घटाउन माग गरेको छ ।

१० वटा समिति प्रस्तावित रहेकामा काँग्रेसले सातवटा बनाउन माग गरेको छ । नियमावलीमा प्राप्त संशोधन आजको प्रतिनिधिसभा बैठकमा पेस हुनेछ । राष्ट्रियसभाको नियमावलीमा संशोधन दर्ताको समय आजसम्म तोकिएको छ । आजको प्रतिनीधिसभामा गृहमन्त्री रामबहादुर थापाले राष्ट्रियसभा सदस्य निर्वाचन र कानुनमन्त्री शेरबहादुर तामाङले वेपत्ता पारिएका व्यक्तिको छानविन सत्यनिरुपण तथा मेलमिलाप आयोग पहिलो संसोधन अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ । बैठक दिउँसो १ बजे बोलाइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्