आइपीएलमा मुम्बई र कोलकोत्ता बीच खेल हुने



सैघाली खबर
काठमाडौं, २६ वैशाख

इन्डियन प्रिमियर लिग क्रिकेट अन्र्तगत आज कोलकोत्ता नाइट राइडर्स र मुम्बई इन्डियन्सबीच खेल हुने भएको छ । जयपुरको सवाईमानसिंह स्टेडियममा हुने आजको एक मात्र खेल नेपाली समय अनुसार राति सवा ८ बजेबाट सुरु हुनेछ । यसअघि गयराति भएको खेलमा राजस्थान रोयल्स १५ रनले विजयी भएको छ ।

टस जितेर पहिले ब्याटिगं गरेको राजस्थानले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो । १ सय ५९ रनको लक्ष्य पछ्याउँदै किंग्स इलेभवन पञ्जावले निर्धारित ओभर खेल्दै ७ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो । जीतका बाबजुद राजस्थान अंक तालिकाको पुछारबाट तेस्रो स्थानमा छ भने पञ्जाव अंक तालिकाको चौथों स्थानमा रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्