दुई सय वर्ष इतिहास बोकेको पुरानो गुफा प्रसारको अभावमाओझेलमा



९सागर थापा दाङ २६ बैशाख।
दाङमा रहेको भैरमथान गुफा प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ। तुलसीपुर १ राम्रि स्थित नर्सिङ भैम गुफा करिब दुई सय वर्ष अघि पत्ता लागे पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको त्यहाँका बृद्धहरुले बताएका छन् ।

स्थानीय नन्दबहादुर पुन ९झिल्के० करिब सन १९५२ मा पाँच दिनसम्म ओलप्पिएर झाक्रि भई निस्केको दिनदेखि गुफा पत्ता लागेको स्थानीय ६२ बर्षिय महलाल रासकोटिले जानकारि दिए। ञबच्पनमा जङ्गलमा गाई ग्वाला गएका नन्दबहादुर पाँच दिनसम्म गुफामा ओलप्पिएर धामि भई निस्किएछन्झ, रासकोटिले भने ञ८० वर्षको उमेरमा उनले कुरा गर्दा म ६र७ वर्षको थिए होला ।झ उतिनै बेलादेखि गुफा बाहिर नर्सिङ भैरम थानको मन्दिर बनाएर मगर समुदायका मान्छेहरुले पुजापाठ गर्न थालेको उनले बताए। भैरमथान गुफामा प्रत्येक वर्ष जेठको जेठो मङ्गलबार मेला लाग्ने गरेको रायपानि सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कलिभान रोकाले जानकारि दिए।

गुफाभित्र विभिन्न भगवानको आक्रिति, १९ वटा कुम्भका मूर्ति गाईको थुन, देख्न सकिन्छ भने हरियो रातो अन्डाकार रङमा रहेको ढुङ्गाले ठटाउदा गुफाभित्रका ढुङ्गा दमाह जस्तै बज्ने गर्छन् । समुन्द्र सतहदेखि दुई हजार उचाइको फिटमा रहेको गुफा ३०र४० मिटरको गहिराइमा रहेको स्थानीय इन्द्रबहादुर पुनले जानकारि दिए।

गुफाभित्र गएर हेरेमा मान्छे ओलप्पिन्छन् भन्ने सोचाइका कारण स्थानीय समुदायले विगत लामो समय देखि प्रबेशमा रोक लगाएका थिए।
धामि नन्दबहादुर पुनका झनाति इन्द्रबहादुर गुफाभित्र पसेर दृश्यावलोकन गरेर फर्किएपछि पछिल्लो समय स्थानीयमा प्रचार प्रसार गर्ने सोच आएको हो। विभिन्न रोगव्याध लागेका मान्छे त्यहाँ गएर पूजा गरेमा निको हुन्छ भन्ने धार्मिक बिश्वासका कारण वर्षमा दुई पटक त्यहाँ ठूलो मेला लाग्ने गरेको नेपाल स्थानीयहरुले बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्