समाचार

मोदीको स्वागतका लागि निर्माण गरिएका स्वागत गेट हवाहुरीले ढले

By थाहा अनलाइन

May 09, 2018

सैघाली खबर, काठमाण्डौ २६ बैशाख। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतको लागि जनकपुरमा निर्माण गरिएको दुई दर्जन स्वागत गेट हावाहुरीले ढालेका छन् ।शुक्रबार हुने मोदीको भ्रमणको लागि तीव्र रुपमा तयारी चलिरहेको बेला बुधबार बिहान आएको हावाहुरीसँगैको वर्षाले ठाउँ–ठाउँमा निर्माण गरिएको स्वागत गेट भाँच्नुको साथै बाह्रविघा जलमग्न बनेको छ ।बाह्रविघामा जमेको पानी बिहानै प्रदेश सरकार र प्रहरी प्रशासनको सक्रियतामा निकालिएको छ ।प्रदेश सरकार र जनकपुर उपमहानगरपालिकाले बनाएको दुई दर्जन गेट भत्केको र भत्केको गेटहरुलाई पुनः बनाउने काम भैरहेको उपमेयर रीता झाले बताउनुभयो ।