सैघाली खबर,
घोराही २६ बैशाख।
दाङमा छुट्टा छुट्टै दुर्घटनाबाट तिन जना घाईते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। घोराही उपमहानगरपालिका वडा नं। १० नारायणपुर नजिकै विहान रा ३ प ९३३५ नम्वरको मोटरसाईकलले ठक्कर दिदा सर्रा निवासी अन्दाजी ६० वर्षिय बृद्ध बासुदेव चौधरी गम्भिर घाईते भएका छन् ।
उनलाई थप उपचारका लागी कोहलपुर रिफर गरीएको छ । यस्तै लमही नगरपालिका वडा नं। १ नर्तिमा ना ६ ख ८१७५ नम्वरको ट्रकले ठक्कर दिदा रामरती चौधरी घाईते भएका छिन् । घाईते चौधरीलाई थप उपचारको लागी कोहलपुर रिफर गरीएको प्रहरीले जनाएको छ ।
यस्तै भालुवाङको पुलचोकमा हिजो राती रा ४ प ३६५२ नम्वरको मोटरसाईकलले ठक्कर दिदा डिउटीमा खटिएका प्रहरी जवान सिता बस्नेत घाईते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । ठक्कर दिने मोटरसाईकल, ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।