९ महिनामा ५ सय ८४ महिला र बालबालिका हराए



सैघाली खबर,
मोरङ २६ बैशाख । पछिल्लो समयमा मोरङमा महिला तथा बालबालिका हराउने क्रम बढ्दै जान थालेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको पछिल्लो केही वर्षको तथ्यांक हेर्दा जिल्लामा महिला तथा बालबालिका हराउने संख्या वर्सेनि बढ्दै गएको पाईन्छ ।
जिल्ला प्रहरी कार्यालय मोरङको महिला तथा बालबालिका शाखाले मानिस हराएका उजुरीमा बर्सेनि वृद्धी हुँदै जान थालेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयमा आर्थिक वर्ष २०७४र०७५को पछिल्लो नौ महिनामा मात्रै ५ सय ८४ जना मानिस हराएको उजुरी दर्ता भएको छ ।
आर्थिक वर्ष २०७१र०७२ मा ३ सय ६७ जना हराएका थिए । त्यस्तै २०७२र०७३ मा ४सय ११ जना हराएका थिए भने आर्थिक वर्ष २०७३र७४ को असार मसान्तसम्ममा ६ सय ३४ जना हराएका थिए । यसरी हराउनेमा महिलाको संख्या बढी रहेको तथ्यांकमा भेटिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्