वडाध्यक्षको शव भेटियो



सैघाली खबर,
रामेछाप २६ वैशाख । मंगलबार बिहानबाट हराएका उमाकुण्ड गाउँपालिका वडा नम्बर ५ प्रितिका ५२ वर्षीय वडा अध्यक्ष कुबीर खत्री मृत अवस्थामा सुनकोशी नदीमा भेटिएका छन् ।

मंगलबार बिहान ७ वजे घरबाट गाउँपालिकाको बैठकमा सहभागी हुन हिँडेका अध्यक्ष दिउँसो अबेरसम्म पनि गाउँपालिकाको कार्यालयमा नपुगेपछि उनको खोजी कार्य गरिएको थियो । अध्यक्ष खत्रीलाई बुधबार बिहान चलाउने भन्ने स्थान नजिकै लिखु नदीमा मृत अवस्थामा शव भेटिएको उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले जानकारी दिनुभयो ।

वडा अध्यक्ष खत्रीले मगंलबार बिहान वडा नं ५ कै चिलाउने भन्ने स्थानमा आफूले प्रयोग गर्दै आएको मोटरसाइकल, कोट, जुत्ता र डायरी लगायतका सामाग्रीहरु सडक छेउमा नै छाडेका थिए । उनले छाडेको नोट डायरीमा ‘जिन्दगी यस्तै रहेछ, वडाका धेरै कामहरु गर्न बाँकी रहेको छ ती कामहरु क्रमश साथीहरुले गर्दै जानु भन्ने वाक्यांश लेखिएको भेटिएपछि अध्यक्ष खत्रीले आत्महत्या गरेको हुनसक्ने भन्दै स्थानीय निर्वाचित जनप्रतिनिधि, प्रहरी र स्थानिय नागरिकहरुले समेत खोजी कार्य जारी राखेका थिए ।

खोजी कार्यमा जुटेको दुई दिनपछि उनको शव कपडा राखिएको स्थानबाट ५ सय मिटर तल लिखु नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजकुमार थापाले जानकारी दिनुभयो ।

निरीक्षक थापाका अनुसार मृतक खत्रीको शव लिखु नदीको अत्यन्तै अप्ठ्यारो ठाउँमा रहेकाले शव निकाल्न केही समय लाग्ने र उनको शव पोष्टमार्टमको लागि जिल्ला सदरमुकाम मन्थली वा छिमेकी जिल्ला दोलखाको चरिकोट कता लैजाने भन्ने विषयमा छलफल भइरहेको बताउनुभयो । मृतक अध्यक्ष दश महिना अघि भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले पार्टीबाट टिकट पाएर निर्वाचित भएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्