अपहरणमा परेका व्यापारीको खोजी गर्न बिज्ञ टोली दाङमा



तुलसीपुर १२ असार ।
दिपक बोहरा

दाङका दुई व्यापारीको अपहरण बारे अनुसन्धान गर्न काठमडौबाट बिज्ञ प्रहरीको टोली दाङ आएको छ । अनुसन्धान विभागले सिआइबी र महानगरीय अपराध महाशाखाको टोलीलाई दाङ पठाएको हो । सिआइबीको टोलीमा एसपी दिवेश लोहनी, डिएसपी कृष्ण कोइराला लगायत छन् भने महाशाखाबाट एक दशकसम्म अपराध अनुसन्धानमा काम गरिरहेका सई गजेन्द्र रावल, जनक गिरी लगायतको टिम खटिएको छ । उनीहरुले दाङ, सल्यान लगायतका जिल्ला पुगेर अनुसन्धानलाई अघि बढाएको स्रोतले बताएको छ ।
दाङका एसपी धीरजप्रताप सिंहले आफूहरुसँगै सिआइबी र महाशाखाको टोलीले व्यापारी अपहरणको घटना हेरिरहेको जानकारी दिए ।
रहरीले २ सय प्रहरी परिचालन गरेर रिम जंगलभित्र खोजतलास गरे पनि अवस्था पत्ता लगाउन सकेको छैन् । प्रहरीले पत्रकार सम्मेलन गरी व्यापारी श्रेष्ठको जानकारी दिनेलाई १ लाख पुरस्कारको घोषणा गरेको छ । भने संकास्पद दुई व्यक्तिको स्केच पनि सार्बजनीक गरेको छ । दाङबाट १८ दिनअघि बेपत्ता पारिएका दुई व्यापारी राजकुमार श्रेष्ठ र रणबहादुर घर्तिमगरको अपहरणमा एक युवती र भारतीय पेशेवरहरु संलग्न रहेको प्रहरीले बताएको थियो । श्रेष्ठ र घर्तिमगर जेठ २६ गते साँझदेखि बेपत्ता छन् ।
जेठ २६ गते साँझ अपहरणमा परेका श्रेष्ठको कार हावा फुस्काएको अवस्थामा सल्यानको रिम जंगलमा भेटिएको थियो। प्रहरीले व्यापारीद्वयको खोजीमा ‘भुन्टी’ नामक कुकुरसमेत प्रयोग गरेको थियो। तर उनीहरुको अवस्था केही खुल्न सकेको छैन। ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्