रेडक्रसको भूमिका उल्लेख



सैघाली खबर,
प्युठान २६ बैशाख । जिल्ला अस्पतालका प्रमुख डा। अच्युतराज कार्कीले रेडक्रसको सहयोग र सहकार्यले धेरै सुत्केरी आमाको ज्यान बचाउन सकिएको बताएका छन् । रेडक्रस स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

डा। कार्कीका अनुसार यसवर्ष करिब २ सय गर्भवति महिलाको अप्रेशसन गरी बच्चा निकालिएको थियो । एक वर्षको अवधिमा आवश्यक पर्ने १ सय ५० पिन्ट रगत रेडक्रस र रेडक्रसकर्मीको सहयोगमा जुटेको उनले जानकारी दिए ।

डा। कार्कीले रेडक्रस प्यूठानले व्यवस्थापन गरेको ब्लड बैंकले धेरै सुत्केरी महिलाको ज्यान बचाउन सफल भएको, रिफर गर्नुपर्ने बिरामीलाई जिल्लामै कम खर्चमा उपचार गराउन सफल भएको र अस्पतालमा आएर सुत्केरी हुने महिलाको दर बढेको बताए ।

उनले मानवीय सेवाका लागि रेडक्रसले गरेको काम निकै प्रशंसनीय रहेको चर्चासमेत गरे । रक्तदान र फलफूल वितरण
प्युठान रेडक्रसले रेडक्रस दिवसका अवसरमा रक्तदान तथा जिल्ला अस्पताल बिजुवारमा रहेका बिरामीलाई फलफूल वितरण गरेको छ ।

जिल्ला रेडक्रस सोसाइटी प्यूठानका उपसभापति गोपाल सिंह जिसीसहित ५ जनाले रक्तदान गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्