मोदीको नेपाल भमणका कारण पार्टी एकतामा ढिलाई भएको हो: पम्फा भुषाल, प्रवक्ता माओबादी केन्द्र



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका कारण एमाले -माओबादी बिचको पार्टी एकता ढिलो भएको छ।

माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका कारण एमाले र माआवादी बीचको पार्टी एकीकरण प्रक्रियामा ढिलाइ भएको बताएकी हुन् ।

पार्टी एकता संयोजन समितिले एकीकरणकालागि आवश्यक तयारी गरिरहेको भन्दै उनले पार्टी एकीकरणका विषयमा आपसी गृहकार्य भइरहेको र बाहिर आएजस्तो एमालेमा माओवादी र माओवादीमा एमाले विलय नभई सम्मानजनक ढंगले दुई पार्टी एकीकरण हुने धारणा राखिन ।

अहिले नै सरकारका गतिविधिको समीक्षा गर्ने बेला नभइसकेको भन्दै प्रवक्ता भुसालले सरकारले निर्वाचनको समयमा जनतामाझ लिएर गरेका एजेण्डा अनुसार काम अघि बढाएको बताइन् ।

सरकारले तोकिएकै समयमा बजेट ल्याइसक्ने बताउँदै उनले उक्त बजेट जनमुखी र आर्थिक समृद्धिको खाका भएको बताइन्। भुसालले विगतमा जस्तै नभई यो सरकारले कूटनीतिक पाटोलाई देश र समयानुकूल बनाउँदै गएको बताइन्। आजको नयाँ पत्रिका मा समाचार छपिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्