प्रदेश ६

चिप्लेभिरमा ढुंगा लागेर मृत्यु भएका चन्द र रानाको परिवारलाई दश दश लाख क्षतिपूर्ती उपलव्ध गराईने

By थाहा अनलाइन

May 10, 2018

डोल्पा

त्रिपुरासुन्दरी नगरपालिका–६ स्थित चिप्लेभिरमा मंगलबार ढुंगा लागेर मृत्यु भएका रुकुम आठबिसकोट नगरपालिका–१० का देवबहादुर चन्द र वडा नं १२ का अमृत रानामगरको परिवारलाई नेपाली सेनाले दश दश लाख क्षतिपूर्ती उपलव्ध गराउने भएको छ ।

जाजरकोट–डोल्पा सडकको खदाङ–त्रिपुराकोटखण्डस्थित चिप्लेभिरमा ढुंगा लागेर चन्द र रानाको मृत्यु भएको ािथयो।

ढुंगा लागेर वडा नं ९ का शक्तिबहादुर शाही गम्भीर घाइते भएका छन् । उक्त जाजरकोट–डोल्पा सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिइएपछि सेनाको टोलीसँगै सर्वसाधारण पनि काम गर्दै आएका छन् ।

सडक निर्माणमा संलग्न श्रमिक तथा गैरश्रमिक व्यक्तिको पाँचदेखि दश लाखको बिमाको व्यवस्था छ तर कर्णेल विश्वबनधु पहाडीले भने मृतक दुवैजनाको परिवारलाई भने दश–दश लाख दिने पहल गरिसकेको बताएका छन ।

नलगाड नगरपालिकास्थित दल्ली अस्पतालमा परीक्षणपछि मंगलबार नै उनीहरुको शव आफन्तलाई बुझाइएको छ । दुवैजनाको बुधबार दाहसंस्कार गरिएको परिवारजनले जनाएका छन् ।

३५ हजार किरिया खर्च चिप्लेभिरमा मृत्यु भएका दुवै मजदुरका परिवारलाई नेपाली सेनाले किरिया खर्चपनि दिएको छ । दाहसंस्कार गर्न र किरियाखर्च गर्न सहयोग पुगोस् भनेर ३५–३५ हजार रुपैयाँ दिएको कर्णेल विश्वबध्नु पहाडीले बताए ।

त्यस्तै चिप्लेभिरमा ढुंगा लागेर घाइते भएका रुकुमको आठबिसकोट नगरपालिका–९ का शक्तिबहादुर शाहीको रुकुम जिल्ला अस्पतालमा उपचार भइरहेको उनको अवस्था सामान्य बन्दै गएको परिवारजनले बताएका छन् । उपचारमा लाग्ने सबै खर्च पनि व्यहोर्ने सेनाले जनाएको छ ।