विद्यालयको लाप्रवाहीका कारण बालिकाले आत्महत्या गरेको भन्दै अखिल क्रान्तिकारीद्धारा विद्यालयमा तालाबन्दी



दांग,सैघाली खबर

नेपाल कम्युनिष्ट पार्टीको भातृसंगठन अखिल (क्रान्तिकारी)ले विद्यलाय प्रशासनवाट भएको गम्भीर त्रूटि कारण १४ वर्षीय बालिका शकुन्तला केसीको ज्यान गएको भन्दै दोषीलाई कारबाही हुनुपर्ने मागसहित दांगको बराहाखुटीको आदर्श नमुना मावि लालमटियामा विद्यालयमा तालाबन्दी गरेको छ ।

राप्ती गाउँपालिका वडा नं २ लालमटिया निवासी शकुन्तला केसीले कक्षा आठको नतिजा सार्वजनिक भएकै दिन वैशाख २ गते आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जानकारी दिएपछि तालाबन्दी गरिएको हो  ।

उनी उत्तिर्ण नै थिइन तर विद्यालय प्रशासनले पछिल्लो तीन महिनाको मासिक शुल्क १ सय ७५ का दरले ५ सय २५ रूपैंया नबुझाएको भन्दै केसीको नतिजा रोकेको थियो।

केसीले अन्तिम तीन महिनाको मासिक शुल्क ५ सय २५ विद्यालयमा बुझाएकी थिइन तर लेखा शाखामा काम गर्ने शिक्षकले समयमै केसीले बुझाएको मासिक शुल्क चढाउन भुलेपछि उनको नतिजा विद्यालय प्रशासनले रोकिदिएको थियो ।

अखिल (क्रान्तिकारी) दांगले लापरवाही गर्ने लेखापाललाई जागिरबाट हटाउनुपर्ने माग समेत गरेको छ । सो संगठनले परीक्षाफल प्रकाशनमा विद्यालय प्रशासनले गम्भीर त्रूटी गरेकाले मा सकुन्तला केसीले आत्महत्या गर्नु एक प्रकारको हत्या नै भएको भन्दै दोषी शिक्षकलाई कारबाहीको माग गरेको छ ।

क्रान्तिकारीकी जिल्ला अध्यक्ष प्रितिमा चौधरीले जारी गरेको विज्ञप्तिमा विद्यार्थी संगठनले वैशाख ७ गते २४ घण्टे अल्टीमेटम सहितको ज्ञापन पत्र बुझाएपनि विद्यालय प्रशासनले वेवास्ता गरेको हुँदा बाध्य भएर तालावन्दी गरिएको उल्लेख गरेकी छन्।

घटनाको सत्यतथ्य छानबिन गर्न गठित समितिले समेत विद्यालय र कक्षा शिक्षकको त्रूटिले उक्त घटना भएको निश्कर्ष निकालेको विज्ञप्तिमा दाबी गरिएको छ । यस्तो अवस्थामापनि घटनालाई समान्यीकरण गर्ने र राज्य प्रशासनले समेत वेवास्ता गरेकाले विद्यालयका तालाबन्दी गरेको अध्यक्ष प्रितिमा चौधरीले जानकारी दिइन्।
साथै विद्यार्थी संगठनले विद्यालयका प्रद्यानाध्यापक र अध्यक्षले नैतिकताको आधारमा राजीमाना दिनुपर्ने, दोषी कक्षा शिक्षकलाई बर्खास्त गर्नुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्तिसहित न्याय दिनुपर्ने र मृतकको नाममा अक्षयकोष स्थापना गर्नुपर्ने माग गरेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्