प्राथमिक उपचार गर्न सिकाईदै



सैघाली खबर
दाङ,२७ बैशाख

तुलसीपुरमा तीन दिने आधारभूत प्राथमिक उपचार सम्बन्धी तालिम शुरु भएको छ । नेपाल रेडक्रस सोसाईटी दाङको आयोजना तथा डब्लुएचओ र ह्यान्डि क्याप ईन्टरनेश्नलको सहयोगमा बुधबार देखि तालिम शुरु भएको हो । तालिम २६, २७ र २८ गते सम्म चल्ने छ । तालिममा घाईते तथा बिरामीलाई तत्काल उपलब्ध प्राकृतिक स्रोत र साधनको प्रयोग गरि सुरक्षा नियमका आधारमा उपचार गर्ने पद्धति सिकाईने छ ।

जुनसुकै अबस्थामा पनि बिपत आउन सक्ने भन्दै बिपदबाट बच्न तथा बिपदको समयमा भएका घाईतेहरुलाई प्राथामिक उपचार सिकाउने उदेश्यले तालिम शुरु गरिएको आयोजकले बताएको छ । तालिममा घाईतेको जाँच, बेहोसी, श्वासप्रश्वास समस्या, रक्तस्राब र क्षोभ, टाउको र मेरुदण्डको चोट, घाउचोटपटक र पट्टीहरु, हाड भाँचाई र खुस्काई, पोलाई तथा करेन्ट, बिष, घाईतेको ओसारपसारलगायतका बिषयमा तालिम दिईने छ । तालिममा स्वास्थ्यकर्मी,एम्बुलेन्स चालक, बिद्यालय, सरकारी कार्यालय, सञ्चारकर्मीहरु गरि करिब २५ जनाले सहभागिता जनाएका छन् ।

यसैबीच तालिमको बुधबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो । नेपाल रेडक्रस सोसाईटी दाङका सभापति नारायण आचार्यको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका सुचना अधिकारी झरेन्द्र खरेलको प्रमुख आतिथ्यमा तालिमको उद्घाटन गरिएको हो । त्यस अबशरमा प्रमुख अतिथि खरेलले जुनसुकै बेला पनि बिपद आउन सक्ने भन्दै यसबाट हुन सक्ने सम्भाबित घटना न्यूनिकरणका लागि यस्ता तालिमको भूमिका महत्वपूर्ण हुने बताए । यस्ता तालिम निकै उपयोगी हुने भन्दै समुदाय स्तरमा लैजानुपर्ने बताए ।तालिमको प्रशिक्षकमा फणेन्द्र अधिकारी,खेमराज बिक,शुष्मा भण्डारी,प्रकाश श्रेष्ठ,अंशु ढकाललगायत रहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्