पूर्व-यौनकर्मी महिला जोखिममा



जनक नेपाली
दाङ २७ बैशाख । आम्दानीको अर्को कुनै विकल्प नभएपछि पूर्व यौनकर्मी बादी महिला जोखिमा परेकाछन् । उनीहरुले अगाल्र्दै आएको यौन व्यवसाय बन्द भएपछि उनीहरु जोखिममा परेका हुन् । समाजले यौन व्यवसायलाई घृणाका रुपमा लिएपछि आफूहरुले उतm व्यवसाय छाडेको पूर्वयौन व्यवसायमा संलग्न दाङकी एक महिलाले बताइन् । १५÷२० बर्ष पहिले यौन व्यवसाय गरेर परिवारको भरथेक गरेको भन्दै नाम नबताउने शर्तमा ती महिलाले अहिले त्यो अबस्था नरहेको ्बताइन् । विगतमा गलत काम गरेरै भएपनि २÷४ पैसा कमाउँदा खुसी हुने आफन्त आजभोलि बोल्न समेत धौ मान्छन् ’। उमेर हुँदासम्म विवाह नगरी माइतीका लागि भनेर बसियो आज बुढेसकालमा न बा,आमा न दाजु,भाई कसैको हुन सकिएन पूर्वयौन कर्मी ती महिलाले दुःख पोख्दै भनिन् । उमेर समेत खस्किएका कारण ज्याला, मजदुरी गर्न सक्ने अबस्था नरहेको भन्दै ती महिलाले दैनिक छाँक टार्न समेत मुश्किल परेको बताइन् । केही बर्ष पहिले आर्यआजर्नका लागि महिला विकास कार्यालयले दिएको १५ हजार बाहेक सरकारबाट केही नपाएको भन्दै उनले भनिन– ‘आफू जस्ता दिदीबहिनीका लागि सरकारले आर्य,आर्जनमा केही सहयोग गरिदिए हुन्थ्यो’ ।


देशभर १२ सय महिला पुनःस्थापना हुन बाँकी
बादी समुदाय उत्थान बिकास समितिले देशभर १२ सय पूर्व्यौनकर्मी बादी महिलाको पुनःस्थापना गर्न बाँकी रहेको जनाएको छ । यौन व्यवसाय बन्द भएसंगै ती महिला हाल अलपत्र अवस्थामा रहेको बादी समुदाय उत्थान विकास समितिका कार्यकारी निर्देशक महेश बादीले जानकारी दिनुभएको छ । दैनिक छाँक टार्ने समस्या नै ती महिलाको मुख्य समस्या रहेको र उनीहरुको उत्थानका लागि विकास समिति निरन्तर लागिराखेको उहाँले वताउ्नु भयो । यौनकर्मी महिलाको भरपर्दाे आर्थिक श्रोत नहुँदा उनीहरुबाट जन्मेका सन्तान समेत अलपत्र पर्ने गरेको भन्दै वादीले उनीहरुका लागि पुनःस्थापनाको गुरु योजना बनाउन आबश्यक रहेको बताउनु भयो । आर्थिक अबस्था कमजोर हँुदा कतिपय महिला फेरि पुरानै व्यवसायमा फर्कनुपर्ने बाध्यात्मक अवस्था रहेको भन्दै वादीले त्यसका लागि सरकारले पुनःस्थापनाको प्याकेट छिट्टै ल्याउनुपर्ने बताउनु भयो ।

६ जिल्लाका महिलालाई यौन व्यवसाय सहायता रकम
बादी समुदाय उत्थान बिकास समितिले यौन व्यवसायमा संलग्न महिलाको आर्य÷आर्जनका लागि यांैन व्यवसाय सहायता प्रदान गरेको छ । दाङ, बाके, बर्दिया, कैलाली, सुर्खेत र दैलेखका ती महिलालाई सहायता रकम प्रदान गरेको कार्यालयले जनाएको छ ।कार्यालयका अनुसार दाङ ४, बाँके ५ बर्दिया ५ कैलाली ७ सुर्खेत १ र दैलेख २ गरी २४ जनालाई ८० हजारका दरले रकम प्रदान गरेको बादी समुदाय उत्थान विकास समितिका कार्यकारी निर्देशक महेश बादीले जानकारी दिनुभयो । सहायता रकमले महिलाहरु बाख्रापालन, बंगुरपालन, व्युटीपार्लर, फ्रेसहाउस संचालन गर्दै आइरहेको महेश वादीले बताउनु भयो ।

यौन व्यवसाय गर्ने थलो बम्बई
आर्थिक अभाव देखिएपछि पूर्वयौनकर्मी महिलाहरु भारतका बिभिन्न क्षेत्रमा यौन व्यवसायमा संलग्न हँुदै आएका छन् । नेपालमा यो व्यवसाय संचालन हुन छाडे पछि भारतको बम्बई र दिल्लीमा व्यवसाय संचालन हुँदै आएको कार्यालयले जनाएको छ । कामको शिलसिलामा भारतका विभिन्न क्षेत्रमा जाने र उतै यौन व्यावसायमा संलग्न हुने क्रम बढेको छ । पछिल्लो समय अधिकास १६ बर्षदेखि माथी उमेर समुहका बाल बालिका समेत यो व्यवसायमा संलग्न हुदै आएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्