भ्रष्टाचारको अभियोगमा चीनिया कम्युनिष्ट पार्टीका नेतालाई आजीवन कारावासको सजाए



वैशाख २७ , २०७५

चिनियाँ कम्युनिष्ट पार्टीका उच्च पदस्थ एक नेतालाई त्यहाँको अदालतले भ्रष्टाचार गरेो ठहर गर्दै आजीवन जेल सजाय सुनाएको छ । पार्टीका पूर्व पोलिटब्युरो सदस्य सन जेनकेई २ करोड ६७ लाख अमेरिकी डलर घुस लिएको पुष्टि गर्दै त्यहाँको अदालतले जेल सजाय सुनाएको हो ।

चिनियाँ राष्ट्रपति सि जिनपिङको भ्रष्टाचार विरुद्वको अभियानमा पक्राउ परेका ५४ वर्षीय सन उच्च पदस्थ नेता हुन् । सन विरुद्व अप्रिलमा भ्रष्टचारको मुद्दा दायर भएको थियो ।

सनले भ्रष्टाचारबाट आर्जन गरेको सम्पूर्ण सम्पत्ति सरकारले जफत गर्ने सक्ने चिनियाँ समाचार एजेन्सी सिन्ह्वालाई उद्दृत गर्दै बीबीसीले उल्लेख गरेको छ । राष्ट्रपतिमा चुनिएपछि राष्ट्रपति सिले चलाएको भ्रष्टाचार विरुद्वको अभियानका क्रममा हजारौं नेता तथा उच्चपदस्थ अधिकारी पक्राउ परेका छन् ।

आफ्ना राजनितिक प्रतिशोधका निम्ति सी प्रशासनले आफ्ना विरोधीलाई भ्रष्टाचारको मुद्दा लगाउने गरेको आरोप लाग्ने गरेको छ । भ्रष्टाचार गरेको अभियोगमा यसभन्दा अघिपनि चीनमा धेरैलाई कारवाही भइसकेको छ ।

माओत्सेतुंगका अनुयायी मानिने वर्तमान राष्टपति सिले चीनलाई विश्वकै सम्पन्न राष्ट बनाउने भन्दै भ्रष्टाचार विरोधी अभियान संचालन गरेको बताएका छन् । माओको नेतृत्वमा जनवादी क्रान्ति सम्पन्न भएपछि चीन निरन्तर आर्थिक क्रान्तिको बाटोमा अगाडी बढिरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्