घोराहीमा ६४ गाई महिनौ देखि पालिदै



गोविन्द खड्का,
घोराही २७ बैशाख।
घोराही उपमहानगरपालिकाले केहि महिना अघि देखि ६४ वटा गाई गोरु पाल्दै आएको बताईएकोछ । आधा उपमहानगरपालिका भित्रको कान्जीहाउसमा र आधा घोराही १० को नारायणपुरामा थुनेर राखेको छ ।
छाडा गाई गोरुले सताएपछि नगरवासीले विरोध जनाएका थिए । जनगुणासो पछि छोपेका गाईगोरु लामो समय देखि थुनेर राखिएको छ । जहा भेटिन्छ त्यहा बाट छोप्दै लैजादै गरेर संख्या बढेको वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक शक्तिराम डागिले जानकारी दिनुभयो ।
यसैलाई लक्षित गरेर केहिदिन अघि गौमाताको महिमा गाउन नेपाल ज्योतिष परिषदले उपमहानगरपालिकाको शभाहलमा खुला छलफल गरेको थियो । बेद पुरान लगाएत गाईका बारेमा उल्लेख भएका सबै लिखितहरु ज्ञाताहरुले प्रस्तुत गरेका थिए । सबै तिरबाट गाईका बारेमा गुणगान गाएपनि पाल्ने चासो कसैले देखाएको थिएन । नगरप्रमुख नरुलाल चौधरीले गाई पाल्न चासो नदिने, गाईपालक जा“गे लगाएको किसानलाइ अपमान गर्ने अनि कसरी हुन्छ ? भनेर प्रश्न गर्नुभएको थियो ।

पहिला बजेट त्यसछि गाई पाल्छौ भन्नेको विगविगी छ । नगरप्रमुखका प्रेस संयोजक निमु संगम घर्तिका अनुसार रुखको बुटामा भएपनि गाई पालेर देखाउन उपमहानगरपालिकाले आव्हान गरेको थियो । पहिला गाइपाल्ने र पछि बजेट माग्ने जागर कसैले देखाएन । त्यसो नगरी यति लाख र उतिलाख चाहीन्छ भनेर वार्गेनिङ गर्नेहरु मात्रै सम्पर्कमा आएको उपमहानगरपालिकाले जनाएको छ । उनिहरुका नियत गाईको निहुमा बदमासी गर्ने देखिएपछि सम्झौता हुन सकेन । केहि गाईहरु पाल्नका लागि रोल्प पठाईयो त्यसका बारेमा केहिले टिप्पनी गरे । जसले टिप्पनी गरे उनिहरुले पनि दुई तिन महिना देखि गाई थुनेर राखेकोतिर ध्यान लगाएनन् ।

अहिले घोराही १० का अध्यक्ष चित्रबहादुर डागि निर्मलको रेखदेखमा रहनेगरी नारायणपुरमा ३२ गाई पालिएका छन् । घोराहीको कान्जिहाउसमा पनि थुनिएको छ । घाम पानी बाट ओत लाग्ने उपुयक्त क्षेत्र दुवैलाई मानिदैन । गाडिमोटर तथा पिडितहरुको लखेटाई र कुटाईबाट जाई जोगिएका छन् । तर, खानपान र सेवा सुरक्षा पर्याप्त मात्रामा हुन सकेको छैन । गाई को संरक्षण गर्न कोहि आएन । बजारमा देख्यो नै उपमहानगरपालिकामा सिकाएत गर्ने भने धेरै देखिएको उपमहानगरपालिकाले जनाएको छ । छोपिएपछि न त मेरा गाई भनेर कसैले दावि गरेको छ । न गाईको बारेमा बखान गाउनेले पाल्ने उपाए निकाल्न सकेका छन् । दैनिक दुईतिन हजार रुपैया गाईपालनमा खर्च भएको घोराही १४ का अध्यक्ष समेत रहनुभएका डागिले बताउनुभयो ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्