दाङ्गवासीको आँखा रसाएका थिए धिरजलाई बिदा गर्दा जस्ले अहिले अपराध महाशाखाको कमान्ड सम्हालेका छन



सैघाली खबर,

९सागर थापा दाङ २७ बैशाख।

संगठित अपराधलाई अनुसन्धान गरेर जरैसम्म पुग्नकिलागी काठमाडौँमा महानगरीय प्रहरी अपराध महाशाखाको स्थापना गरिएको थियो । अरु जिल्लामा जिल्ला प्रहरी कार्यालय रहेपनी नेपालको राजधानी काठमाडौँमा भने काठमाडौँ, भक्तपुर र ललितपुरलाई कमान्ड गर्ने र आपराधिक कृयाकलापलाई जरै देखि उखेल्न सुक्ष्म अनुसन्धानकोलागी बनेको प्रहरी संगठन भित्रकोपनी शक्तिसाली कार्यालयको रुपमा मानिने महानगरीय अपराध महासाखामा दाङ हल्लाएर, दाङवासीको मन जितेर शान्ती सुरक्षामा दाङ जिल्लाका गुण्डा नाइकेहरुलाई तह लगाएका तत्कालिन एसपी धीरजप्रताप सिंहले महानगरीय अपराध महासाखाको प्रमुखको जिम्मेवारी सम्हालेका छन ।

ईमान्दार र कर्तव्यनिष्ठ प्रहरी अधिकारीहरुमा गनिने धीरजप्रताप सिंह उनको कार्यकुशलताका कारण केही समय अघि प्रहरी वरिष्ठ उपरिक्षक ९एसएसपी० भएका थिए । हाल उनले अपराध महासाखाको जिम्मेवारी पाएपछी उनको कार्यकुशलता र जुझारुपनता तथा ईमान्दारीता अनि कर्तव्यनिष्ठता कस्तो र कसरी निभाउने छन र उनको रणनीति तथा कार्यनिती के हुनेछ यो भने पछि मुल्यांकन हुने विषय हुन । तर धिरज प्रताप सिंघले दाङ जस्तो संबेदनसिल जिल्लाबाट अपराधिक गतिबिधिलाई कसरी निमिट्यान्न पारेर सुन्यमा झारे त्यस्को चर्चा गरौँ । हुनत अपराध कहिल्यै सुन्यमा झर्दैन तर उनले दाङमा निभाएको कर्तव्य र इमान्दारिता तथा कामको केही विश्लेषणात्मक टिप्पणी गरौँ।
१( दाङमा प्रहरी प्रमुख ९एसपी० छदाँ उनले अफिम खेतीबिररुद्ध अभियान चलाएर लगभग सफायानै गरिदिए जुन काम त्यस भन्दा अघि कसैले गर्न सकेको थिएन र अहिले सकेकोपनी छैन ।
२( चोरीका तथा बिना कागजात सिम प्रयोग गरि लूटपाट गर्ने ग्याङको सफाया गरे र त्यस्ता सिम बेच्नेलाई कारबाहिको दाएरामा ल्याए ।

३( गुन्डागर्दी बिरुद्द उनले चलाएकि अपरेशनले दाङका हतियारधारी समुहहरु भुमिगत भए भने कतिले आत्मसमर्पण गरे भने कति बिदेश पलाएन भए ।

४( अपराधी बिरुद्द तथा भ्रष्टाचार बिरुद्द शून्य सहनशीलता अओअनाएर शान्ति सुव्यवस्था कायम गरेर दंगाली जनतालाई ठूलो योगदान पुर्याएका थिए । उनलाई बिदाई गर्दा बिदाईको समयमा धेरैका आँखा रसाएका थिए ।

दाङमा छदै एसपीबाट एसएसपीमा बढुवासँगै सरुवा भएर उनी तत्कालिन वागमती अञ्चल प्रहरी प्रमुख बनेका थिए ।

दाङ जानु भन्दा पहिलो उनी पर्सा प्रहरी प्रमुख थिए । नेपालको प्रमुख व्यापारिक नाकाबाट हुने सुन तस्करदेखि अवैध सामानको ओसारपसार विरुद्ध सक्रिय रुपमा अपरेशन संचालन गरेका थिए र सफल पनि भए । एसपी धीरज भनेपछि अवैध कारोबार गर्नेको सातो जाने वातावरण बनेको थियो वीरगंजमा । धेरै हदसम्म तस्करीको धन्दा पनि नियन्त्रण भएको बताइन्छ ।

प्रहरी संगठनमा चरम राजनीतिकरण र गुटबन्दी सक्रिय रहेका बेला नागरिकको जीऊ धनको सुरक्षा र शान्ति र अमनचैन कायम गर्न सधै लागि पर्ने सिंह महानगरीय प्रहरी अपराध महाशाखाका लागि उपयुक्त पात्र भएको जानकारहरु बताउँछन् ।

हत्या, हिंसा र संगठित अपराधविरुद्द सक्रियतापूर्वक अभियान चलाउन अनुभव बटुलेका सिंहका लागि काठमांडौमा शान्ति सुरक्षा अवस्था सुदृढ़ बनाउन चुनौती रहेको छ । यद्यपि राजधानीको अनुभव उनका लागि नयाँ भने होइन ।

पछिल्लो समयमा संगठित अपराधको हब बन्न थालेको काठमाडौको शान्ति सुरक्षाको अवस्था मजबूत बनाऊन उनले दाङ र बिरगंजमा छदाँ बटुलेको अनुभवले महत्व राख्ने सुरक्षा विद बताउँछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्