स्थानीय र प्रदेशमा सरुवाका लागि २० हजार निवेदन



सैघाली खबर,
काठमाण्डौ २७ बैशाख।
स्थानीय तहमा सरुवाका लागि खरिदारदेखि अधिकृतसम्मका २० हजार कर्मचारीले निवेदन दिएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार, उनीहरूले स्थानीय तह र प्रदेशमा सरुवा माग गर्दै निवेदन दिएका हुन् । त्यसरी निवेदन दिनेमा उपसचिव, अधिकृत, सुब्बा तथा खरदार तहका कर्मचारी रहेको संघीय मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले बताए ।

जिल्लामा कार्यरत कर्मचारीको निवेदन जिल्ला समन्वयन समितिमा संकलन भइरहेकाले केही दिनपछि मात्रै मन्त्रालय पुग्ने थपलियाले बताए । ‘निवेदन दिने कर्मचारीलाई केही दिनमै प्रदेश र स्थानीय तहमा खटाइनेछ’ उनले भने । अब स्थानीय तहमा कर्मचारी भएनन् भन्ने स्थितिको अन्त्य गरिने उनको भनाइ छ ।

राजधानीका पाँच सय निवेदन
काठमाडौंस्थित विभिन्न कार्यालयमा कार्यरत पाँच सय १६ कर्मचारीले पनि पायक पर्ने स्थानीय तहमा काम गर्न रुचि देखाएका छन् । उनीहरूले आफूअनुकूलको स्थानीय तहमा सरुवा गरिदिन माग गर्दै निवेदन दिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्