बिबाह गरेको १५ दिन मै बेहुलीले गरीन आत्म हत्या



सैघाली खबर,
बैशाख २७ दाङ।
दाङको तुलसीपुरमा एकजना किशोरीले विहे गरेको महिना दिन नपुग्दै आत्महत्या गरेकी छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं। ८ कटकुँईयामा १८ बर्षीया सदिक्षा वलीले विहे भएको महिना दिन नपुग्दै आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।सल्यान जिल्लाको शारदा नगरपालिका माईती घर भएकी सदिक्षा विष्टले यही बैशाख महिनामा मात्रै कट्कुँई्या निवासी २० बर्षीय खुमानन्द वली संग प्रेम विवाह गरेको भन्ने खुल्न आएको ईलाका प्रहरी कार्यालय तुलसीपुका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

बुधवार सदिक्षाले आफ्नो घर भित्रै पासो लगाएर आत्महत्या गरेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

ईप्रका प्रमुख सापकोटाले उनीहरुका विचमा फोन मार्फत चिनजान भएपछि प्रेम विवाह गरेको भन्ने खुल्न आएको बताए । विवाह भएको १५÷२० दिन मै किन सदिक्षाले आत्महत्या गरिन रु भन्ने वारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । केटा पक्ष र केटी पक्षलाई ईप्रकामा बोलाएर छलफल सुरु भएको प्रहरीले बताएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्