रोल्पामा पुरुष मतदाता भन्दा महिला धेरै



असार १२
बुधबार हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ।

जिल्लामा कुल मतदान स्थल ८० तथा मतदान केन्द्र १५४ रहेका छन् भने कुल मतदाता सङ्ख्या एक लाख १७ हजार २६१ रहेको जिल्ला निर्वाचन अधिकारी लिलु गिरीले जानकारी दिए। महिला मतदाताको सङ्ख्या ६० हजार ४७५ तथा पुरुष मतदाताको सङ्ख्या ५६ हजार ७८६ रहेको छ। पुरुष भन्दा महिला मतदाताको सङ्ख्या तीन हजार ६८९ बढी रहेको छ।

अधिकांश पुरुष वैदेशिक रोजगारीका क्रममा देश बाहिर रहेका कारण महिला मतदाताको सङ्ख्या बढी भएको हो। जिल्लामा चुनावी प्रचारप्रसारमा समेत महिला र बालबालिकाको प्रयोग बढी भएको पाइएको छ।

सदरमुकाम लिवाङस्थित बालमन्दिरका दुईवटा मतदान केन्द्रको जिम्मेवारी महिला कर्मचारीलाई दिइएको छ। महिलामैत्री मतदान केन्द्र बनाउन सम्पूर्ण जिम्मेवारी महिला कर्मचारी खटाइएको बताइएको छ। निर्वाचनका लागि सम्पूर्ण मतदान केन्द्रमा कर्मचारी, सुरक्षाकर्मीलगायतको टोली मतपेटिकासहित पुगिसकेको प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराईले जानकारी दिए।

मतदान केन्द्रबाट आइतबारदेखि नै मतदाता परिचयपत्र वितरण सुरु गरिएको छ। निर्वाचनमा सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त सुरक्षा टोली परिचालन गरिएको छ। निर्वाचनका लागि तीन हजार ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्