आगलागि हुँदा १० लाख बराबरको क्षति



सैघाली खबर,
रोल्पा २७ बैशाख।
रोल्पामा एउटा घरमा भएको आगलागी बाट लाखौंको क्षति भएको छ ।

रोल्पा नगरपाकिला वडा नं। ७ माडीचौर निवासी बर्मता पुनको घरमा आगलागि हुदा दश लाख बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ । आगलागीवाट पुनको घरमा रहेको गरगहना, नगद, अन्नपात, लत्ताकपडा, काठपात लगाएतको धनमाल जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।

मंगलवार लागेको आगो प्रहरी चौकी माडीचौर र स्थानीयले नियन्त्रणमा लिएका थिए । आगो लागिको कारण भने थाहा हुन नसकेको तथा अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्