प्रदेश ५

रोकाले पाएकोे साहारा

By थाहा अनलाइन

May 10, 2018

गोविन्द खड्का घोराही २७ बैशाख हात थाप्न नसक्ने । आशाका नजरले टुलु टुलु हेर्ने । बुझ्नेलाई ईसारा काफि भने झै थाङनाले बेरेका खुट्टा, हुवीलचियरको सहाराले गुडेको जिन्दगी देख्नेहरु कसको मन पग्लीयोईन । कोहि नगद दिन्छन्, कतिले नास्ता खुवाउ“छन् । त्यसैले गुजारा चलेको थियो । अहिले समस्या उस्तै छ, अबस्था बदलिएको छ ।

‘अहिले मोटाउनु भए छ ।’ तुलसीपुरका प्रतिष्ठित व्यवसायी ललित जंग शाहले देख्ने वित्तीकै प्रतिकृया दिनुभयो, ‘छोरा छोरी सबैलाई सन्चै छ ?’ पुजा गरेको प्रसाद दिन आउनुभएका शाहले कोठामै भेट्नुभयो । फेरीएको रोकाको शारीरिक अबस्थाले शाहलाई खुुशि दिएको थियो । भेट्ने वित्तीकै ह“सिलो मुहार बनाएका घोराही १५ का महाविर रोकाले जवाफ दिनुभयो, ‘हजुर सन्तुष्ट भएको छु’ उहा“ले अबस्थाको जानकारी दि“दै थप्नुभयो ‘गर्मिले बजार जान सकेको छैन । छोरा छोरी स्कुल गएका छन् ।’ भाडा तिर्ने स्थाई उपाएले रोकालाई सन्तुष्टि मिलेको छ । त्यसकै लागि बाटो चोकमा आसै आसमा ढुक्नु नपर्दा ज्यानमा मासु लागेको बताउनुहुन्छ ।

रुखमा अडेस लाएर महावीर मस्त निदाएका थिए । ह्वीलचियरमा बसेर निदाएका महाविरलाई शाहले जिविस रोड सम्म सहारा दिएर ल्याउनुभयो । शाह श्रीमति एमुना कारमै बस्नुभएको थियो । रोकाका खुट्टा हेरेर सुन्निएको रहेछ है भनेर प्रतिकृया दिनुभयो । हुवीलचेयरमा टंगिएर सुन्निएको होला भनेर रोकाले जवाफ दिनुभयो । शाहले जिवन छउन्जेल घर भाडाको चिन्ता नलिनु भनेर अह्राउनु भयो । अरु कुनै समस्या भए खबर गर्नुभन्दै विदा हुनुभयो । भेट गर्न कहिले काहि आएपनि तिन वर्ष अघि मंसिर देखि रकम पठाउदै आउनुभएको छ । मासिक एक हजार दुईसय घर भाडा र आठ सय अन्य खर्च दिने घोषणा गर्नुभएको थियो ।

उतिबेला देखि शाह परिवारले तिन तिन महिनाको रकम खातामा हाल्दै आउनुभएको छ । त्यहि रकमले रोका परिवारलाई बासको ज्ञारेण्टी गरेको छ । बजारमा ह्वीलचियरमा गुड्दै दया माया बटुल्दै रोकाले घर खर्च चलाउनु भएको थियो । युग वोध संग कुरा गदै रोकाले ‘बास छैन, दिमाग खराब हुन्छ’ भन्नुभएको थियो । त्यस बाट मन पगालेर शाहले घरभाडा व्यहोर्न थाल्नुभएको हो । त्यहि रकम अहिले जिवन ज्युने मुख्य सहारा भएको छ । रोका परिवार चलेको छ ।

त्यसबाहेक विवाह, वर्थडे, श्राद्ध लगाएत सुख दुखका अबसरमा विभिन्न व्यक्तिले सम्झिन्छन् । अन्नपात नगद लगाएतले सहयोग गर्छन् । उत्सव र दिवसहरुमा पनि दिन्छन् । हातेमालो बचत तथा ऋण सहकारी संस्था घोराही १४ का गिर बहादुर केसिले विशेष खाता खोलिदिनुभएको छ । त्यसमा तिस हजार जम्मा गरीदिनुभएको थियो । बृद्ध, अपाङ्ग, असक्त, विधवा तथा एकल महिलाले खोल्न मिल्ने विशेष बचत खाता भएको र सबै भन्दा बढि व्याज हुने बताउनुभएको थियो । यसरी व्यक्ति र संघ संस्थाको सहयोगले बच्चाको पढाई सहित चलेको छ ।